•  २ कार्तिक २०८१, शुक्रबार
  •  8:14:52 PM

बाढीले सुनसरीमा अढाइ करोडको तरकारी बाली क्षति

- आश्विन २९, २०८१ मा प्रकाशित



इटहरी ।यही असोज ११ र १२ गते आएको बाढीले सुनसरीमा दुई करोड ५० लाख बराबरको तरकारी बाली क्षति भएको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका हरिनगर, देवानगन्ज, भोक्राहा, बराहक्षेत्रलगायतका स्थानमा तरकारी बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले जानकारी दिए ।

बाढीले बन्दा, भण्टा, लौका, फर्सीलगायत तरकारी बालीमा क्षति पुगेको हो । ‘बाढीका कारण सुनसरीमा एक सय पाँच हेक्टर क्षेत्रफलको तरकारी बाली क्षति गरेको छ, केरा खेतीमा पनि बाढीबाट क्षति भएको छ’, प्रमुख सिंहले भने । स्थानीय किसान रामबृक्ष मेहता बाढीले तरकारी बालीमा क्षति पुगेपछि आम्दानीको स्रोत गुमाउनुपरेको बताए ।

बाढीले ५० हेक्टरमा लगाएको रु एक लाख ८० हजार बरावरको उखुबालीमा क्षति भएको उनले बताए । जिल्लामा आठ हजार एक सय ५३ हेक्टर क्षेत्रफलमा तरकारी खेती तथा पाँच हजार आठ सय ७७ हेक्टरमा उखु खेती गरिँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

Comments

सम्बन्धित खवर