•  २ कार्तिक २०८१, शुक्रबार
  •  12:03:03 AM

इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन आक्रमण : चार सैनिकको मृत्यु, ६० बढी घाइते

- आश्विन २८, २०८१ मा प्रकाशित



एजेन्सी । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक्षा बल (आईडीएफ) ले जनाएको छ ।

हाइफाको दक्षिणमा २० माइल (३३ किलोमिटर) टाढा रहेको सहर बिन्यामिनाको छेउमा रहेको बेसमा भएको आक्रमणमा सात सैनिकहरू गम्भीर घाइते भएको आईडीएफले जानकारी दिएको हो ।

तेल अभिभ र हाइफाको बिचमा रहेको क्षेत्रमा इजरायली रक्षा बल (आईडीएफ) गोलानी ब्रिगेडको प्रशिक्षण शिविरलाई लक्षित गरिएको थियो । हिजबुल्लाहले आक्रमणको जिम्मेवारी लिएको छ । सशस्त्र समूहको मिडिया कार्यालयले बिहीबार दक्षिणी लेबनान र बेरुतमा इजरायली आक्रमणको जवाफमा आक्रमण गरिएको बताएको छ । समूहले उत्तरी इजरायलमा रहेको शिविरलाई ‘ड्रोनको झुण्ड’ प्रयोग गरेर निशाना बनाएको बताएको छ ।

इजरायली एम्बुलेन्स सेवा, म्यागेन डेभिड एडोम (एमडीए) ले आक्रमणमा ६१ जना घाइते भएको बताएको छ –जसमा तीन जनाको अवस्था गम्भीर रहेको छ । तीमध्ये ३७ लाई एम्बुलेन्स वा हेलिकप्टरबाट आठ क्षेत्रीय अस्पतालमा लगिएको छ ।

Comments

सम्बन्धित खवर