•  २ कार्तिक २०८१, शुक्रबार
  •  12:11:21 AM

भारतमा एक नेताको गोली हानी हत्या

- आश्विन २७, २०८१ मा प्रकाशित



एजेन्सी । भारतमा अजीत पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का नेता बाबा सिद्दिकीको गोली हानी हत्या गरिएको छ । शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा उनीमाथि कैयौं राउन्ड गोली चलाइएको थियो ।

त्यसपछि उनलाई गम्भीर अवस्थामा लीलावती अस्पतालमा भर्ना गरिएको थियो । उनको छातीमा गोली लागेको बताइएको छ । छोरा जिशान सिद्दिकीको कार्यालय जाँदै गर्दा उनीमाथि आक्रमण गरिएको हो ।

मुख्यमन्त्री एकनाथ शिन्देका अनुसार, प्रहरीले उक्त घटनाका विषयमा दुईजनालाई पक्राउ गरेको छ । उनीहरूसँग सोधपुछ भइरहेको छ । यही वर्षको फेब्रुअरीमा बाबा सिद्दिकी कांग्रेस छोडेर एनसीपी (अजीत पवार गुट) मा सामेल भएका थिए । उनी विगत ४८ वर्षदेखि कांग्रेसमा थिए ।

घटनाको जानकारी दिँदै मुख्यमन्त्री शिन्देले भने, ‘बाबा सिद्दिकीमाथि घातक हमला भएको थियो, उनको मृत्यु भयो । यो दुःखद घटना हो । दुई आरोपित पक्राउ परेका छन्, एक फरार छन् । तेस्रो आरोपितलाई पनि छिट्टै पक्राउ गरिने कमिश्नरले मलाई बताएका छन् । एक आरोपित हरियाणा र एक उत्तर प्रदेशका हुन् ।’

Comments

सम्बन्धित खवर