•  २ कार्तिक २०८१, शुक्रबार
  •  2:17:13 AM

अमेरिका: फ्लोरिडा आइपुग्यो मिल्टन आँधी, १० लाख मानिसलाई सुरक्षित स्थानमा जान चेतावनी

- आश्विन २४, २०८१ मा प्रकाशित



एजेन्सी । अमेरिकामा शक्तिशाली मिल्टन आँधीबाट हुने सम्भावित विनाशलाई मध्यनजर गर्दै सुरक्षा तयारी तीव्र पारिएको छ।बीबीसीका अनुसार यो आँधी सारासोटा, फ्लोरिडातर्फ अघि बढिरहेको छ।
आँधीलाई ध्यानमा राख्दै फ्लोरिडाको प्रशासनले तटीय क्षेत्रहरू खाली गर्न आदेश दिएको छ।

करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ।फ्लोरिडाका लाखौँ मानिस पहिले नै आफ्नो घर छाडेर भागेका छन्। मिल्टन अहिले सारासोटा पुगेको बताइएको छ।
यसअघि राष्ट्रपति जो बाइडेनले यो शताब्दीकै सबैभन्दा विनाशकारी आँधी हुने चेतावनी दिएका थिए।

Comments

सम्बन्धित खवर