
गायत्रीको ‘हारेँ आफैँसँग’ गीतसङ्ग्रह सार्वजनिक
- आश्विन २४, २०८१ मा प्रकाशित

इटहरी । गीतकार गायत्री लम्सालको तेस्रो गीतसङ्ग्रह ‘हारेँ आफैँसँग’ आज इटहरीमा सार्वजनिक समर्पण गरिएको छ ।सगरमाथा साहित्य प्रतिष्ठान कोसी प्रदेश समितिको आयोजनामा भएको ‘हारेँ आफैँसँग’ परिचर्चा तथा शुभकामना’ कार्यक्रममा गीतकार गायत्री लम्सालको गीतिकृति सार्वजनिक गरिएको हो ।
कार्यक्रममा अग्रज गीतकार विजय श्रेष्ठ, इटहरीका अभिनन्दित नागरिक लेखनाथ घिमिरे, प्राध्यापक बद्रीविशाल पोखरेललगायतले कृतिको आवरण सार्वजनिक गरेका थिए ।
मिश्रा गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कवि मनु मन्जिल, प्रतिष्ठानका नेपाल संरक्षक जिपी तिवारी, कवि निरज कोइरालासहित अतिथिहरूले गीतकार लम्सालको व्यक्तित्व र कृतित्वका बारेमा बोलेका थिए । गायिका अञ्जु गौतम र सर्जक लम्सालले गाएर गीत प्रस्तुत गरेका थिए ।
अग्रज गीतकार विजय श्रेष्ठलाई टोपी र दोसल्लाले सम्मान गरिएको सो कार्यक्रममा गीतकार लम्साललाई कदर–पत्र प्रदान गरिएको थियो ।कार्यक्रम विराट टेलभिजन, स्टडी स्वायर र कस्तूरी कलेजसँगको सहकार्यमा भएको थियो । सो अवसरमा बोल्दै अग्रज गीतकार श्रेष्ठले परदेशी साहित्य र व्यवहारले स्वदेसी साहित्य, कला, संस्कृतिमा अतिक्रमण गरेर नेपाली राष्ट्रियता र इतिहास नै खतरामा पारेको दुखेसो गरेका थिए । गीतकार लम्सालका यसअघि पानीको रङ र आकाश हेर्दै दोबाटोमा शीर्षकमा गीतिकृति प्रकाशित छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments