लेबनानको राजधानी बेरुतमा इजरायलको भीषण आक्रमण
- आश्विन १७, २०८१ मा प्रकाशित
एजेन्सी । इजरायलले लेबनानको राजधानी बेरूतमा भीषण आक्रमण गरेको छ । हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका आठ जना इजरायली सैनिक मारिएपछि इजरायलले बेरुतमा आक्रमण गरेको हो । यो पछिल्लो ठूलो आक्रमण भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् ।
बेरूतको दक्षिणी दहियाहमा हिजबुल्लाहोक किल्ला रहेको ठाउँमा हवाई आक्रमण गरेको इजराइली डिफेन्स फोर्सको दाबी छ । आक्रमणमा ७ जनाको मृत्यु भएको छ । मारिनेहरू हिजबुल्लाहका लडाकु हुन् कि सर्वसाधारण हुन् भन्ने खुलेको छैन । समाचार संस्था सिएनएनका अनुसार बेरूतमा इसराइलले १८ वर्षपछि हवाई आक्रमण गरेको हो ।
इजराइलले हिजबुल्लाहका अखाडा रहेको बताउँदै लेबननका ५१ वटा ठाउँ तोकेर आम सर्वसाधारणलाई त्यहाँबाट भाग्न आग्रह गरेको थियो । त्यसैको बदलास्वरुप इरान र लेबनानले इजरायलमाथि आक्रमण गरेका छन् । मंगलबार राति एकै दिन इरानले झण्डै २०० मिसाइल इजरायली भूमिमा प्रहार गरेको थियो । त्यसपछि तनाव झन् बढेको छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक २, २०८१दसैँ अवधीभर कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु , इटहरीमा मात्रै १६ दुर्घटना : बाह्र दिनमा सात हजार पाँच सय ९१ वटा सवारी कारबाहीमा
-
ताजा कार्तिक २, २०८१टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
-
ताजा कार्तिक २, २०८१हमासका प्रमुख मारिएपछि इजरायलमा विजयी उल्लास, के अब युद्ध अन्त्य होला ?
-
ताजा कार्तिक २, २०८१राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण
-
ताजा कार्तिक २, २०८१कोसी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, पारदर्शीता, सुशासन, रोजगारी र विकास परियाेजनालाई विशेष प्राथमिकता
Comments