•  ८ मंसिर २०८१, शनिबार
  •  4:06:25 PM

इजरायलले लेबनानमा फेरि गर्‍यो आक्रमण, कम्तीमा ५१ जनाको मृत्यु

- आश्विन १०, २०८१ मा प्रकाशित



एजेन्सी ।  इजरायलले बुधबार फेरि लेबनानमा आक्रमण गरेको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस हमलामा कम्तीमा ५१ जनाको मृत्यु भएको छ भने २२० भन्दा बढी घाइते भएका छन्। इजरायली रक्षा बलले बुधबार आफ्ना लडाकु विमानहरूले हिजबुल्लाहका करिब २८० स्थानहरूलाई निशाना बनाएको बताएको छ।

यसमा बिहान उत्तरी इजरायलमा हमला गरिएका क्षेत्र पनि पर्ने इजरायली सेनाले जनाएको छ। आईडीएफका अनुसार त्यहाँ हतियार भण्डार गरिएको थियो र सैन्य पूर्वाधार पनि निर्माण गरिएको थियो।यसअघि संयुक्त राष्ट्रसंघले सोमबारयता लेबनानबाट ९० हजारभन्दा बढी मानिस विस्थापित भएको बताएको थियो। साथै अक्टोबर २०२३ देखि लेबनानमा १ लाखभन्दा बढी मानिस विस्थापित भइसकेका छन्।

यसअघि सोमबार इजरायलले लेबनानमा हवाई हमला गरेको थियो जसमा ५५० जनाको मृत्यु भएको थियो। सन् १९९० मा गृहयुद्ध समाप्त भएपछि लेबनानमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो घटना हो।यो आक्रमण हुनुअघि लेबनानका मानिसहरूलाई एसएमएस, फोन कल र रेडियो सन्देशमार्फत क्षेत्र खाली गर्न चेतावनी दिइएको थियो। त्यसपछि बमबारी सुरु भएको थियो।

Comments

सम्बन्धित खवर