
सुनको मूल्यले आज फेरि बनायो अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड
- आश्विन ८, २०८१ मा प्रकाशित
इटहरी । सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यको कीर्तिमान कायम गरेको छ। भदौ महिनाभरि उच्च मूल्यको कीर्तिमान बनाएको सुनको मूल्यले असोजको पहिलो साता पनि दिनहुँजसो नयाँ कीर्तिमान कायम गरिरहेको छ।
आइतबार र सोमबार सुन लगातार उच्च मूल्यमा कारोबार भएको थियो। सोमबार भन्दा प्रतितोला पाँचसय रुपैयाँ वृद्धि भएर सुनको मूल्यले आज फेरि हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ५९ हजार सात सय रुपैयाँ छ। हिजो सुनको मूल्य १ लाख ५९ हजार दुई सय थियो।
महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य आज १ हजार ९ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो भन्दा चाँदी आज तोलामा पाँच रुपैयाँ घटेको हो।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
Comments