
बेइजिङमा राष्ट्रपति सी चिनफिङ सामु किन रोए मलेसियाका राजा ?
- आश्विन ६, २०८१ मा प्रकाशित

एजेन्सी । मलेसियाका राजा सुल्तान इब्राहिम चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा भावुक बनेका छन् ।चार दिने चीन भ्रमणका क्रममा शुक्रबार बेइजिङमा भएको यो भेटघाटमा राजा सुल्तानले आफ्नो भावुकताको क्षण सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् ।
भेटवार्तामा राजाका छोरा टुंकु अब्दुल जलीलको स्वास्थ्य अवस्थाबारे कुरा भएको थियो । सन् २०१४ मा राजकुमार जलीलको चीनमा कलेजो प्रत्यारोपण गरिएको थियो । मलेसियाका मन्त्री एन्गा कोरमिङका अनुसार छोराको उपचारमा चीनले पुर्याएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै राजा भावुक बनेका हुन् ।
‘शल्यक्रिया सफल भए पनि राजकुमार अझै पूर्णरूपमा स्वस्थ हुन सक्नु भएको छैन’, मन्त्री कोरमिङले अखबार द स्टारलाई भने, ‘सोही विषयमा कुरा हुँदा राजाले आँशु थाम्न सक्नु भएन ।’ राजा सुल्तानको भावुक प्रतिक्रियाले चीनको चिकित्सा सहायताप्रति मलेसियाको आभार र दुई देशबीचको गहिरो सम्बन्धलाई उजागर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समाचार लेखेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments