
विपक्षी नेताले शरण लिएको भन्दै भेनेजुएलास्थित अर्जेन्टिनी दूतावासमा सुरक्षा बलको घेराबन्दी
- भाद्र २३, २०८१ मा प्रकाशित

एजेन्सी । भेनेजुएलाको सुरक्षा बलले राजधानी काराकसमा रहेको अर्जेन्टिनी दूतावासलाई घेराबन्दी गरेको छ । अर्जेन्टिनाको यो दूतावासमा राष्ट्रपति निकोलस मदुरोविरोधी छ जना विपक्षी नेताहरुले शरण लिएको भन्दै सुरक्षा बलले घेराउ गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
भेनेजुएलाका विपक्षी दलका नेताहरूले पनि सामाजिक सञ्जालमा दूतावास भवन वरपर रहेका गुप्तचर सुरक्षाकर्मीको फोटो र भिडियो पोस्ट गरेका छन् । भवनमा शरण लिएका विपक्षी नेताहरूले मदुरोले उनीहरूलाई घेराबन्दीमा राखेको बताउँछन् ।
भेनेजुएलामा भएको राष्ट्रपति चुनावपछि अर्जेन्टिनासँगको सम्बन्ध टुटेको थियो । त्यसयता अर्जेन्टिनाको दूतावास ब्राजिलको रेखदेखमा थियो । तर, शनिबार भेनेजुएला सरकारले ब्राजिलले अर्जेन्टिनाको दूतावासको मर्मत सम्भारको व्यवस्था पनि खारेज गरेको छ ।
भेनेजुएला निर्वाचन परिणाम शंकास्पद मानिने देशहरूको सूचीमा परेको छ । विपक्षी दलहरूले भनेका छन्, उनीहरूको उम्मेदवार एडमन्डो गोन्जालेजले राष्ट्रपति चुनाव जितेका थिए, तर पश्चिमी देशहरूले उनलाई मान्यता दिन अस्वीकार गरेका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments