
इजरायली सेनाको गोलीबाट २६ वर्षीया अमेरिकी-टर्की युवतीको मृत्यु
- भाद्र २२, २०८१ मा प्रकाशित

एजेन्सी । इजरायलको कब्जामा रहेको वेस्ट बैंकमा इजरायली सेनाको गोलाबारीमा टाउकोमा गोली लाग्दा २६ वर्षीया अमेरिकी-टर्की युवतीको मृत्यु भएको छ।बीबीसीका अनुसार शुक्रबार इजरायली सेनाको गोलीबाट आयसेनुर इज्गी एगी नामकी युवतीको मृत्यु भएको हो।
दोहोरो नागरिकता भएकी उनी नाब्लसनजिकैको बेटा सहरमा नयाँ यहुदी बस्ती निर्माणको विरोधमा भाग लिइरहेकी थिइन्। स्थानीय सञ्चारमाध्यमका अनुसार एगीलाई इजरायली सैनिकहरूले गोली हानेका हुन्।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले उक्त क्षेत्रमा बन्दुकको गोली लागेर एक विदेशी नागरिकको मृत्यु भएको रिपोर्टको अनुसन्धान गरिरहेको बताएको छ।शुक्रबारको प्रदर्शनमा संलग्न अन्य व्यक्तिका अनुसार एगी अन्तर्राष्ट्रिय एकता आन्दोलनसँगको प्रदर्शनमा यो पहिलोपटक भाग लिइरहेकी थिइन्।
अन्तर्राष्ट्रिय एकता आन्दोलन (इन्टरन्यासनल सोलिडारिटी मुभमेन्ट) प्यालेस्टाइन समर्थक समूह हो।यसैबीच युवती मारिएको घटनालाई अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ‘दुःखद’ भनेका छन् भने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायली कारबाहीलाई ‘बर्बर’ भनेका छन्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments