रोनाल्डो बने ९०० गोल पूरा गर्ने पहिलो खेलाडी, पोर्चुगल विजयी
- भाद्र २१, २०८१ मा प्रकाशित
एजेन्सी । क्रिस्टियानो रोनाल्डोले विश्व फुटबलमा ९०० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । नेशनल लिग फुटबलमा विजयी सुरुवात गर्ने क्रममा पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गर्दा रोनाल्डोले टिमका लागि निर्णायक गोल गरेका थिए ।
३९ वर्षीय रोनाल्डोले सिक्सयार्ड बक्सबाट ३४ औं मिनेटमा नुनो मेन्डेसको क्रसलाई सदुपयोग गर्दै टिमको दोस्रो गोल गरे । त्यसअघि म्यानचेस्टर युनाइटेडका ‘फुल ब्याक’ डियोगो डलोटले टिमका लागि पहिलो गोल गरेका थिए । उनले ७ औं मिनेटमै गोल गर्दे टिमलाई अग्रता दिलाए ।
रोनाल्डोले अग्रता दोब्बर बनाउँदा पहिलो हाफमै आत्माघाती गोलमार्फत क्रोएसियाले खेलमा फर्किने प्रयास गरेको थियो । डलोटलेनै ४१ औं मिनेटमा आफ्नै पोस्टमा गोल गर्न पुग्दा पहिलो हाफमा खेल २–१ को अवस्थामा पुग्यो । तर रोनाल्डोको गोलनै टिमका लागि निर्णायक सावित भयो । दोस्रो हाफमा दुवै तर्फबाटबा थप गोल हुन सकेनन् ।
रोनाल्डोले आफ्नो उच्च करिअरमा स्पोर्टिङ लिस्बन, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, युभेन्टस र अहिले साउदी अरेबियन क्लब अल–नासर बाट ब्यबसायिक फुटबल खेलिरहेका छन् । रोनाल्डोको यो पोर्चुगलका लागि भने १३१ गोल हो । उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता समेत हुन्। जितसँगै ‘ए’ को समूह एक मा पोर्चुगलले पोल्यान्ड समान अंक बनाएको छ । पोल्यान्डले पनि आफनो समूहमा स्कटल्यान्डलाई हराएको थियो ।
सम्बन्धित खवर
-
ताजा आश्विन २, २०८१प्रचण्डको दावी : देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने जनताले बुझ्न थालेका छन्
-
ताजा आश्विन २, २०८१रास्वपाले आज महाधिवेशनको मिति र ठाउँको टुङ्गो लगाउने
-
ताजा आश्विन २, २०८१इटहरी २१ करोडको लागतमा आधुनिक सभा हल निर्माण सुरु
-
ताजा आश्विन २, २०८१पश्चगामी सोंचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैन : राष्ट्रिय सभा अध्यक्ष
-
ताजा आश्विन २, २०८१रहेनन् ‘मिस्टर काठमाडौं’ विजेता राई, पाँच दिनअघि मात्र जितेका थिए उपाधि
Comments