साफ यू-२० च्याम्पियनसिप: फाइनल प्रवेशका लागि आज भारत र बंगलादेश भिड्दै
- भाद्र १०, २०८१ मा प्रकाशित
इटहरी । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत दोस्रो सेमिफाइनलमा आज (सोमबार) साविक विजेता भारत र बंगलादेश भिड्दैछन्।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो ३ बजेदेखि सुरु हुनेछ। भारत समूह ‘बी’ को विजेता टोलीको रुपमा सेमिफाइनलमा पुगेको हो। च्याम्पियनसिपमा भारत अपराजित छ।
बंगलादेश भने समूह ‘ए’ को उपविजेता टोलीको रुपमा सेमिफाइनल खेल्न लागेको हो। समूह चरणमा बंगलादेश नेपालसँग पराजित भएको थियो। यो खेलको विजेताले उपाधिका लागि घरेलु टोली नेपालको सामना गर्नेछ।
नेपाल पहिलो सेमिफाइनल खेलमा भुटानलाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। फाइनल खेल बुधबार काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुनेछ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments