झापाकाे मेची पुलबाट ब्राउनसुगरसहित दुई जना पक्राउ
- भाद्र ६, २०८१ मा प्रकाशित
झापा । भारतबाट लागूऔषध भित्र्याउन खोज्ने दुई जनालाई मेची पुलबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका–११ बस्ने २४ वर्षीय निलजंग बस्नेत र उर्लाबारी नगरपालिका–२का २४ वर्षीय खुमराज भण्डारी रहेका छन् ।
मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट सिटी सफारीमा नेपालतर्फ आउँदै गरेका बस्नेतलाई शङ्का लागेर चेकजाँच गरेको थियो । त्यस क्रममा उनको साथबाट प्लास्टिकसहित ३ ग्राम २३० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
त्यस्तै मेची पुलमै प्लास्टिकसहित ५ ग्राम ८१० मिलिग्राम ब्राउन सुगरसहित भण्डारी पक्राउ परेका छन् । मुखभित्र लुकाई छिपाई ब्राउन सुगर ल्याउँदै गर्दा उनी पक्राउ परेका हुन् । दुवैलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments