•  ३ आश्विन २०८१, बिहीबार
  •  5:44:55 AM

कुखुराको खोरमा कटुवा पेस्तोल, झापाका आङदेम्बे पक्राउ

- भाद्र ५, २०८१ मा प्रकाशित



झापा । जिल्ला प्रहरी कार्यालय झापाले एक थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका–४ दहिझोडा बस्ने ६२ का ईन्द्रबहादुर आङ्देम्बे रहेका छन् ।

घरमा अवैध रुपमा हातहतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले तलासी लिँदा कुखुराको खोरको कासको छानोमा पेस्तोल बरामद भएको हो । प्रहरीले तिनलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ ।

Comments

सम्बन्धित खवर