•  ४ आश्विन २०८१, शुक्रबार
  •  11:15:23 AM

झापामा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा २ जनाको मृत्यु, १ घाइते

- श्रावण ३१, २०८१ मा प्रकाशित



झापा । झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मेचीनगर नगरपालिका–१३ कालीझोडास्थित पूर्वपश्चिम राजमार्गमा मे. ६ प ८३२० नम्बरको मोटरसाइकले पैदलयात्रीलाई ठक्कर दिँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा पैदलयात्री अन्दाजी ३५ वर्षीय युवक र मोटरसाइकल चालकको मृत्यु भएको हो। पैदलयात्री मृतकको सनाखत हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए। तीव्र गतिको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकलमा सवार मेचीनगर ९ का २९ वर्षीय मन्दिप मेचे र २५ वर्षीय सागर मेचे घाइते भएका थिए।

घाइतेमध्ये सागर मेचे र पैदलयात्री युवकको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो।अर्का घाइते मन्दिप मेचेको बीएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

Comments

सम्बन्धित खवर