
बंगलादेशमा चौकी छाडेर हिंडेका सुरक्षाकर्मीलाई काममा फर्किन निर्देशन
- श्रावण २७, २०८१ मा प्रकाशित

एजेन्सी । बंगलादेशको प्रहरी प्रधान कार्यालयले सबै प्रहरीलाई काममा फर्किन निर्देशन दिएको छ । बिद्यार्थी आन्दोलनका कारण शान्ति सुरक्षा जोखिममा परेपछि प्रहरी चौकी छाडेर हिडेका प्रहरीलाई काममा फर्किन र शान्ति सुुरक्षा कायम गराउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको हो ।
प्रहरी चौकीका गतिविधि सुचारु गर्न र शान्ति सुरक्षा कायम गर्नका साथै प्रत्येक प्रहरी चौकी क्षेत्रमा नागरिक सुरक्षा समिति गठन गर्न प्रहरी प्रधान कार्यालयबाट निर्देशन दिइएको ढाका ट्रिब्युनले जानकारी दिएको छ । उसका अनुसार यस्तो निर्देशन सबै जिल्लाका प्रहरी उपरीक्षक र प्रहरी चौकीका अधिकृत (ओसी) लाई दिइएको हो ।
प्रहरी प्रधान कार्यालयले शनिबार राती जारी गरेको विज्ञप्तिमा भनिएको छ कि समितिको मुख्य उदेश्य शान्ति सुव्यवस्थामा जनसहभागिता बढाउनु हुनेछ । यसका लागि समितिहरूले कार्ययोजना बनाएर अनुगमन तथा मूल्याङ्कन गतिविधि सञ्चालन गर्नेछन् । कानून प्रवर्तन एजेन्सी र समिति सदस्यहरू सम्मिलित संयुक्त गस्ती मार्फत हिंसा, चोरी, डकैती र अपहरण रोक्न उपायहरू लागू गरिने छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments