
कामधेनु सहकारीकाे रजत जयन्ती : रजत स्मारिका विमोचन देखि कर्मचारी सम्म सम्मानीत
- श्रावण २४, २०८१ मा प्रकाशित

इटहरी । कामधेनु दुग्ध सहकारीले आफ्नो २५ वर्ष पूरा गरेको अवसरमा रजत स्मारिका विमोचन गरेको छ। यो कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, नेकपा एमाले कोशी प्रदेश सभाका सचेतक रेवतीरमण भण्डारी लगायतका प्रमुख व्यक्तिहरूले उपस्थित रहे। स्मारिकामा संस्थाको स्थापना, वर्तमान स्थिति, र भविष्यका योजनाहरू समेटिएका छन्। यसमा पूर्व अध्यक्षहरू, सञ्चालक समिति, किसान, कर्मचारी र विज्ञहरूको अनुभव र विचारहरू समावेश छन्। हिमाल दाहालले स्मारिकाको सम्पादन गरेका छन्।
मुख्यमन्त्री कार्कीले उत्कृष्ट कर्मचारी र शेयर सदस्यहरूलाई सम्मान गरे। उनले दुग्ध किसानहरूको लागि कोशी प्रदेश सरकार पूर्ण रूपले समर्पित रहेको जनाउँदै, ४ वर्षअघि सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघलाई २० करोड रुपैयाँको सहयोग गरेको जानकारी दिए। यस सहयोगले किसानहरूको अवस्था सुधार्न मद्दत पुगेको र मिल्क होलिडे रोक्न महत्वपूर्ण भूमिका निभाएको बताए।
कार्यक्रममा विभिन्न वक्ताहरूले कामधेनु सहकारीको प्रशंसा गर्दै, यसको उत्पादन र बजारीकरणमा सहयोगको आवश्यकता औंल्याए।
कामधेनुले रजत जयन्तीको अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको थियो, जसमा रक्तदान, वृद्धाश्रममा भोजन, सडक हाजिरीजवाफ प्रतियोगिता, कृषकहरूसँग भेटघाट, कृषक शिक्षा र वृक्षारोपण समावेश थियो।
कामधेनु, नेपालको पहिलो र ठूलो दुग्ध सहकारी हो। यसले कोशी प्रदेशका ६ जिल्लाका ६० भन्दा बढी सहकारी र व्यवसायिक किसानहरूबाट दूध संकलन गरी प्रशोधन गर्दछ। हाल, छुर्पी विदेश निर्यात भइरहेको छ भने चीज काठमाडौं र पोखरामा वितरण गरिन्छ। भविष्यमा आइसक्रिम उत्पादन गर्ने योजना रहेको छ। कामधेनुले सदस्यता विस्तार, बजार विस्तार, र कृषकहरूको राहतका लागि बचत र ऋणका योजनाहरू अघि बढाएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
Comments