•  ४ आश्विन २०८१, शुक्रबार
  •  8:43:29 AM

बंगलादेशी प्रहरी नै उत्रिए अनिश्चितकालीन हड्तालमा

- श्रावण २२, २०८१ मा प्रकाशित



काठमाडौं ।  देशको अवस्था अशान्त र असुरक्षित बनिरहेका बेला बंगलादेशका प्रहरीहरु नै अनिश्चितकालीन हड्तालमा उत्रिएका छन् । शेख हसिना राजीनामा दिंदै देश छोडेर भारत हिंडेको भोलिपल्ट आज (मंगलबार) बाट प्रहरीहरु हड्तालमा उत्रिएका हुन् । आफ्नो जिउधनको असुरक्षा भएको भन्दै प्रहरीहरुले हड्ताल शुरु गरेको बंगलादेशको अखबार ढाका ट्रिब्युनले उल्लेख गरेको छ ।

बंगलादेशको प्रहरीहरुको तल्ला कर्मचारीहरुको संगठनले यस्तो हड्ताल घोषणा गरेको अबबारले उल्लेख गरेको छ ।  देशभरका ४५० प्रहरी पोस्ट जलाइएको, धेरै स्थानमा एम्बुस राखेर ज्यान लिइएको तथा प्रहरीलाई शेख हसिनाले देश छोडेपछि पहिलो प्रहार हुन थालेको भन्दै प्रहरी कर्मचारीहरुको संगठनले गुनासो गरेको छ ।

प्रहरीले दमन गरेको नभएर सरकारले दिएको आदेश पालना मात्रै गरेको संगठनले बताएको छ । ढाका ट्रिब्युनसँग बोलेका एक प्रहरीले भनेका छन्, ‘केही प्रहरी अधिकृतहरुले जनतामाथि घात गरेका छन्, यो सत्य हो । यो संगठनका सबै सदस्यहरुमा लागू हुँदैन ।’

Comments

सम्बन्धित खवर