पेरिस ओलम्पिकको फुटबलमा अर्जेन्टिनालाई हराउँदै फ्रान्स सेमिफाइनलमा
- श्रावण १९, २०८१ मा प्रकाशित
एजेन्सी। जारी पेरिस ओलम्पिकको फुटबलको सेमिफाइनलको समीकरण पुरा भएको छ । गए राति सम्पन्न क्वाटर फाइनलका खेलहरु सकिएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो ।
जस अनुसार फ्रान्स, स्पेन, मोरक्को र इजिप्ट सेमिफाइनलमा पुगेका हुन् । सेमिफाइनलमा फ्रान्सले इजिप्टसँग र मोरक्कोले र स्पेनसँग खेल्ने छन् । सेमिफाइनलका खेलहरु सोमबार हुनेछन् ।
क्वाटर फाइनलमा फ्रान्सले अर्जेन्टिनालाई १–० गोल अन्तरले पराजित गरेको थियो । यस खेलमा खेलको पाँचौं मिनेटमा नै फ्रान्सले अग्रता लिएको थियो र सोहि गोल खेलको निर्णायक गोल बनेको थियो । क्ल्हेल सकिएपछि फ्रान्स र अर्जेन्टिनाका खेलाडी र अफिसियलबीच भएको लडाई अहिले निकै चर्चामा रहेको छ ।
त्यस्तै अर्को खेलमा इजिप्टले पराग्वेलाई पेनाल्टी सुट आउटमा ५–४ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । त्यसैगरी स्पेनले जापानलाई ३–० ले र मोरक्कोले अमेरिकालाई ४–० ले पराजित गरेको थियो ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments