•  ३ आश्विन २०८१, बिहीबार
  •  3:31:20 AM

उद्यमी बनाउने उदेश्यले आयोजना गरिएको ७ दिने तालिम समापन( तस्विरहरू )

- श्रावण १८, २०८१ मा प्रकाशित



इटहरी । महिलाहरुलाई लक्षित गरी स्वरोजगार बनाई आय आर्जनमा सहज बनाउने उदेश्यले आयोजना गरिएको ७ दिने तालिम समापनसहित निःशुल्क १ दिने आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ ।

इटहरी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको मनकामना मन्दिर परिसरमा भएको तालिममा घरमै बसिरहेका महिलाहरुलाई लक्षित गरी आत्मनिर्भर बनाई रोजगारीको सिर्जना गर्ने उद्धेश्यले लायन्स क्लब अफ इटहरी मनकामना र लियो क्लब अफ इटहरी मनकामनाको संयुक्त आयोजनामा ७ दिने कृष्टल माला पोते लगायतका सामाग्रीहरु बनाउने तालिम समापन गरिएको हो ।

महिलालाई उद्यमी बनाउने उदेश्यले घरमै बसेका महिलाहरु बेरोजगारी बस्नुपर्ने समस्या समाधान र विपन्न वर्गका परिवारलाई रोजगार बनाउन सहज होस भनेर विभिन्न टोलका महिलालाई ७ दिने सिपमुलक तालिम दिएर उनीहरुको मनोबल बढेको र उनिहरुले सिकेको सिपलाई बाहिर ल्याएका छन् ।

अगष्ट १ तारिक देखि लायन्स डिष्ट्रिक्ट ३२५ सीका गर्भनर विकास अधिकारी पिएमजेएफले आब्हान गरेको सप्ताब्यापी कार्यक्रमको पहिलो  कार्यक्रमको रुपमा निःशुल्क आँखा शिविर आयोजना गरेर आसपास रहेका अस्पताल जान कठिन हुने उमेरका जेष्ठ नागरिक आमाबुबा लगायत स्थानीयबासी गृहणीहरु लक्षित निःशुल्क आँखा शिविरबाट धेरै लाभान्वीत हुने लायन्स क्लब अफ इटहरी मनकामनाकी अध्यक्ष भारती श्रेष्ठले बताइन् ।
ग्रीन एरा टेनिङ्ग सर्भिसेजकी प्रशिक्षक रेनुका गुरागाँईले प्रशिक्षण दिएको तालिममा इटहरीभित्रका विभिन्न टोल विकासबाट तालिममा सहभागी ५० जना लाई प्रमाणपत्र वितरण गरिएको छ।

 

त्यस्तै निःशुल्क आँखा शिविरमा एक सय बढीले आँखा परिक्षण गराएको र सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत वृक्षरोपण,भोकालाई भोजन,सरसफाई, स्टेसनरी वितरण लगायको कार्यक्रमहरु रहेको लायन्स क्लब अफ इटहरी मनकामनाकी सचिव विजया प्याकुरेलले जानकारी दिइन् ।
तालिम समापन तथा शिविर उद्घाटन कार्यक्रम भारती श्रेष्ठको अध्यक्षता तथा लायन्स डिष्ट्रिक्ट ३२५ सीका गर्भनर विकास अधिकारीकोे प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ सीका सेकेक्रेटरी उदयनारायण बराल, कोषाध्यक्ष रमेश खत्री, एल सि आई एफ कोर्डिनेटर लोकेन्द्रप्रसाद ढकाल, एरिया चिफ थानेश्वर ढकाल, लायन्स क्लब अफ इटहरी मनकामनाकी संस्थापक अध्यक्ष एवम् न्यू भ्वासेस् मार्केटिंग कोर्डिनेटर सुमि थापा, जोन चेयरपर्सन कमला कार्की थापा, लियो डिष्ट्रिक्ट ३२५ सीका जि एस टी श्रुति दाहाल,लियो क्लब अफ इटहरी मनकामनाकि अध्यक्ष प्रतिभा अधिकारी ,इटहरी वडा नम्बर ४ की महिला सदस्य दिलु बराइली ,उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली, समाजसेवी रमेश खत्री, इटहरी म्याट्रिक्सका अध्यक्ष विक्रम श्रि लगायतको सहभागिता रहेको थियो ।

Comments

सम्बन्धित खवर