
केरलामा पहिरो अपडेट : मृत्तकको संख्या १३० पुग्यो, कम्तीमा २२० जना बेपत्ता
- श्रावण १६, २०८१ मा प्रकाशित

नयाँदिल्ली । भारतको वायनाडमा पहिरोमा परी अहिलेसम्म १३० जनाको मृत्यु भएको छ भने अझै २२० जना सम्पर्कविहीन रहेका भारतीय सञ्चारमाध्यममा बताइएको छ ।
केरलाको वायनाडमा भारी वर्षाका कारण सोमबार राति ४ बस्तीमा पहिरो खसेको थियो । बिहान २ बजेदेखि ६ बजेसम्मको पहिरोको चपेटामा चार गाउँ परेका हुन् । मुण्डक्काई, चुरामाला, अट्टामाला र नूलपुजामा पनि घर, पुल, सडक र सवारीसाधन बगेका छन् ।
हालसम्म ११६ जना घाइतेको उद्धार गरी अस्पताल लगिएको दैनिक भास्करमा उल्लेख छ । उद्धारका लागि सेना, वायुसेना, एसडीआरएफ र एनडीआरएफका टोली घटनास्थलमा छन् । सेनाले राति अबेरसम्म भग्नावशेषबाट १ हजार जनाको उद्धार गरेको छ । रात परेकाले साँझ उद्धार रोकिएको थियो । आजै बिहान फेरि उद्धार कार्य सुरु हुनेछ। एनडीआरएफका टोली कमाण्डर एसआई सञ्जय सोनीले आज बिहान ७ बजेदेखि उद्धार कार्य सुरु हुने बताएका समाचार बीबीसीमा रहेको छ ।
कन्नूरबाट २२५ सेनाका जवानहरूलाई वायनाड पठाइएको छ । उद्धारका लागि वायुसेनाका दुईवटा हेलिकप्टर पनि पठाइएको थियो तर वर्षाका कारण काम गर्न नसकी कोझिकोड फर्किएको जनाइएको छ । त्यस्तै मौसम पूर्वानुमान महाशाखाले बुधबार प्रदेशका ८ जिल्लामा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । जसका कारण यहाँका सबै विद्यालय बन्द रहने छन् । दुर्घटनापछि राज्यमा दुई दिने राजकीय शोकको घोषणा गरिएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments