पेरिस ओलम्पिक : नेपालले आज सुटिङ र पौडीमा प्रतिस्पर्धा गर्ने
- श्रावण १३, २०८१ मा प्रकाशित
काठमाडाैं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत आज (आइतबार) नेपालका खेलाडीले दुई खेलमा आफ्नो चुनौती प्रस्तुती गर्नेछन्। ओलम्पिकमा आज नेपाल सहभागी रहेको सुटिङ र पौडीको खेल रहेको छ। नेपालकी सुस्मिता नेपालले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन्। उनको खेल फ्रान्सेली समयअनुसार बिहानको सवा ९ बजे हुने छ।
आजै हुने अर्को खेलमा पौडीमा डुवाना लामाले हिट चरणमा प्रतिस्पर्धा गर्नेछिन्। डुवानाको खेल फ्रान्सेली समय अनुसार दिउँसो १२ः५ मा रहेको छ। यसअघि शनिबार राति भएको खेलमा टेवल टेनिसका स्यान्टु श्रेष्ठ र ब्याडमिन्टनका प्रिन्स दाहाल सोझो सेटमा पराजित भएका थिए।
पेरिस ओलम्पिकको ३३ औँ संस्करणमा नेपालबाट ३ पुरुष र ४ महिला खेलाडी गरि ६ खेलका ७ खेलाडी सहभागी छन्।पौडीको पुरुष १ सय मिटर फ्रिस्टायलमा एलेक्जेन्डर शाहले नेपालको चुनौती दिनेछन्। पौडीकी डुवाना लामाले २ सय मिटर फ्रिस्टायल प्रतिस्पर्धा गर्नेछिन्।
सुटिङकी सुस्मिता नेपालले १० मिटर एयर राइफल, जुडोकी मनीता श्रेष्ठ प्रधानले ५७ केजीमुनि र एथलेटिक्सकी सन्तोषी श्रेष्ठले म्याराथन ४२.१९५ किलोमिटर मा नेपालको चुनौती दिनेछिन्।सन्तोषीबाहेक सबै खेलाडी अहिले पेरिसमै छन्। सन्तोषी जुलाइ ३० मा पेरिस पुग्नेछिन्। उनको खेल अगष्ट ३१ मा रहेको छ। यो पटक सातै नेपाली खेलाडीको डेब्यु ओलम्पिक हो।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments