सन्दीप र दीपेन्द्र सम्मिलित टोलीको लगातार दोस्रो हार
- श्रावण १३, २०८१ मा प्रकाशित
काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्र सिंह ऐरि र लेग स्पिनर सन्दीप लामिछानेसम्मिलित भेनकुवर नाइट्सले क्यानेडियन लिग ग्लोबल टी–२० मा लगातार दोस्रो हार व्यहारेको छ। शनिबार राति भएको खेलमा सन्दीप र दीपेन्द्रको टोली भेनकुवर बंगाल टाइगर्ससँग २२ रनले पराजित भएको हो।
बंगाल टाइगर्सले दिएको १ सय ५३ रनको लक्ष्य पछ्याएको भेनकुवरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३० रन मात्र बनाउन सक्यो। भेनकुवरका हर्ष ठाकेरले सर्वाधिक ७९ रनको अविजित पारी खेलेपनि टोलीको हार टार्न सकेनन्। उनले ६७ बलमा ३ चौका र ५ छक्का प्रहार गरे।
ड्वाइन प्रेट्रोइस २९ रन बनाउँदा सकिव अल हसनको बलमा मुहम्मद हसिनको हातबाट क्याच आउट भए। रिजा हेनड्रिक १० रन बनाउँदा सकिव कै बलमा मुहम्मदको हातबाट क्याच आउट भए। अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्। नेपालका दिपेन्द्र सिंह ऐरि २ बलमा १ रन बनाउँदा विकेटकिपरको हातबाट क्याच आउट भए। टोलीका लागि दिपेन्द्रको पहिलो खेल हो। समयमा नै भिषा नआउँदा उनी ढिलागरि क्यानडा पुगेका थिए।
सन्दीप लामिछाने २ रनमा अविजित रहे। त्यसअघि भेनकुभरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको बंगाल टाइगर्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५२ रनको योगफल तयार पारेको थियो।
बंगालका इफ्तिखार अहमद ५० र गुरपाल सिन्धु १० रनमा अविजित रहे। भेनकुवरका लागि सन्दीपले २ विकेट लिए। उनले आफ्नो स्पेलमा ३२ रन खर्चे। उनले ११ औँ ओभरको अन्तिम बलमा बंगालका कप्तान सकिव अल हसनलाई एलबीडब्धु धरापमा पारे। १३ औँ ओभरको पहिलो बलमा डेविन वाइसलाई १ रन बनाउँदा बोल्ड आउट गरे।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments