
भीषण आगलागीका कारण क्यानडाको ऐतिहासिक सहर ज्यास्पर आधा ध्वस्त
- श्रावण १२, २०८१ मा प्रकाशित

एजेन्सी । क्यानडाको ऐतिहासिक सहर ज्यास्परमा लागेको आगलागीका कारण आधा सहर जलेर नष्ट भएको छ। यहाँका हजारौँ मानिसले आफ्नो घर छाड्नुपरेको छ।
अधिकारीहरूका अनुसार तीव्र गतिमा फैलिएको डढेलोका कारण क्यानडाको ऐतिहासिक सहर जास्परको झण्डै आधा भाग ध्वस्त भएको हो।
पश्चिमी क्यानडाको जास्पर नेसनल पार्क सहरका सडक आगलागीका कारण ध्वस्त भएका छन्। यहाँबाट आएका भिडिओमा घर र गाडी जलेको देखिन्छ।
ज्यास्परका अधिकारीहरूले अग्नि विभागका कर्मचारीहरूले सकेसम्म धेरै भवन बचाउने प्रयास गरिरहेको बताएका छन्।
करिब २० हजार पर्यटक र पाँच हजार स्थानीय बासिन्दा अल्बर्टा प्रान्तको पहाडी क्षेत्रमा बसाइँ सरेको बीबीसीले जनाएको छ। जनधनको क्षतिबारे विवरण प्राप्त भइसकेको छैन।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments