
गाजामा पाँच बन्धक मृत भेटिए
- श्रावण ११, २०८१ मा प्रकाशित

एजेन्सी । इजरायली सेनाले गाजाबाट पाँच इजरायली नागरिकको शव फेला पारेको जनाएको छ।यी सबै सर्वसाधारणलाई गत वर्ष दक्षिणी इजरायलमा आक्रमण गर्दा हमासले बन्धक बनाएको थियो।
बीबीसीका अनुसार खान युनिसमा अपरेसनका क्रममा किन्डरगार्टेन शिक्षिका माया गोरेन, इजरायली सेनाका मेजर रविड आर्य काट्ज, मास्टर सर्जेन्ट ओरेन गोल्डिन, स्टाफ सर्जेन्ट टोमर अहिमास र सर्जेन्ट किरिल ब्रोडस्कीको शव फेला परेको हो।
इजरायली सेनाले भन्यो, ‘हामीलाई लाग्छ- शिक्षक गोरेनको बन्दीमा हुँदा हत्या गरिएको हुन सक्छ भने सेना प्रमुखको ८ अक्टोबरमा हमलाका क्रममा मृत्यु भएको हुन सक्छ र उनको शव पछि हमासले लिएको हुन सक्छ।’
इजरायली सेनाले दिएको यो नयाँ जानकारीपछि अब बन्धक बनाएका २५१ जनामध्ये १११ जना अझै हमासको नियन्त्रणमा रहेको आकलन छ। इजरायली सेनाका अनुसार यीमध्ये ३९ जनाको पहिले नै मृत्यु भइसकेको छ।
बुधबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी कंग्रेसलाई सम्बोधन गर्दै बन्धक बनाएका मानिसहरूको पनि उल्लेख गरेका थिए।
तर उनले हमाससँग युद्धविराम र बन्धकहरूको रिहाइ सुनिश्चित गर्न कुनै सम्झौता भएको हो कि भनेर कुनै संकेत दिएनन्। नेतान्याहुले बन्धकहरूलाई रिहा गर्ने प्रयास भइरहेको मात्रै बताए।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments