महिला एशिया कप : आज नेपालले भारतको सामना गर्दै
- श्रावण ८, २०८१ मा प्रकाशित
इटहरी । जारी महिला एशिया कप अन्तर्गत आज (मंगलबार) नेपालले भारतको सामना गर्दैछ । यो खेल आज नेपाली समय अनुसार साँझ ७ः१५ बजेदेखि शुरु हुँदैछ ।
यस प्रतियोगितामा भारतले लगातार २ खेल जितेको छ भने नेपालले एक जित र एक हार व्यहोरेको छ । भारतले पाकिस्तान र युएईलाई पराजित गरेको थियो भने नेपालले युएईलाई पराजित गरेको थियो र पाकिस्तानसँग पराजित भएको थियो ।
त्यस्तै समूह ‘ए’ अन्तर्गत आजै पाकिस्तान र युएईबीच खेल हुँदैछ । यो खेल नेपाली समय अनुसार दिउँसो २ः१५ बजेदेखि शुरु हुँदैछ । यस प्रतियोगितामा पाकिस्तानले २ खेलमा एक जित र एक हार व्यहोरेको छ भने युएईले दुवै खेलमा हार व्यहोरेको छ ।
एशिया कप खेल्ने नेपाली टिम
इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता रानामगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी ।
सम्बन्धित खवर
-
ताजा भाद्र ३१, २०८१माओवादीले सदन अवरोध खोल्यो, प्रतिनिधि सभा बैठक सुचारु
-
ताजा भाद्र ३१, २०८१‘प्रचण्ड’ लाई हत्यारा भन्ने चार जना चन्द्रगढी विमानस्थलबाट पक्राउ
-
ताजा भाद्र ३१, २०८१झापाकाे धानबालीमा देखियो ‘सिथ ब्लाइट’
-
ताजा भाद्र ३१, २०८१२०८२ मा भेट्ने वाचा सहित सकीयाे कटहरीमा कृषी एक्सपाे : एक लाखले गरे अवलाेकन
-
ताजा भाद्र ३१, २०८१ललितपुरबाट एक हजारका ११५ थान नक्कली नोटसहित युवक पक्राउ
Comments