ह्यारिस राष्ट्रपतिको उम्मेदवार बन्ने भएपछि एकै दिन ४७ मिलियन डलर उठ्यो
- श्रावण ८, २०८१ मा प्रकाशित
एजेन्सी । कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवारको लागि राष्ट्रपति जो बाइडेनले घोषणा गर्नासाथ उनको समर्थनमा ठूलो रकम संकलन भएको छ । मिडिया रिपोर्टका अनुसार ह्यारिसको समर्थनमा अहिलेसम्म ४७ मिलियन डलर अर्थात करिब ६ अर्ब ११ करोड संकलन भएको छ ।
डेमोक्रेटिक पार्टीको राष्ट्रपति चुनावी क्याम्पेनलाई एक्टब्लू मार्फत सो रकम संकलन भएको बताइएको छ । ह्यारिसको चुनावी क्याम्पेन लन्च भएपछि सो रकम संकलन भएको हो । यसलाई २०२४ को अहिलेसम्मको सबैभन्दा ठूलो चन्दा संकलन भएको बताइएको छ ।
ह्यारिसको क्याम्पेनलाई साना दाताले ठूलो संख्यामा सहभागी भएर सहयोग गरेको मिडिया रिपोर्टमा बताइएको छ । न्यूयोर्क टाइम्सले डेमोक्रेटिक पार्टीका लागि २०२० को निर्वाचनपछि अहिलेसम्मकै सबैभन्दा ठूलो डोनेसन भएको उल्लेख गरेको छ । यसअघि बाइडेन राष्ट्रपतिको उम्मेदवार रहदा उठेको ९० मिलियन डलर डोनेसन रकम उनको उम्मेदवारी बारे अन्योलता बढेपछि सो रकम फ्रिज गरिएको थियो ।
सम्बन्धित खवर
-
ताजा कार्तिक २, २०८१दसैँ अवधीभर कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु , इटहरीमा मात्रै १६ दुर्घटना : बाह्र दिनमा सात हजार पाँच सय ९१ वटा सवारी कारबाहीमा
-
ताजा कार्तिक २, २०८१टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
-
ताजा कार्तिक २, २०८१हमासका प्रमुख मारिएपछि इजरायलमा विजयी उल्लास, के अब युद्ध अन्त्य होला ?
-
ताजा कार्तिक २, २०८१राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण
-
ताजा कार्तिक २, २०८१कोसी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, पारदर्शीता, सुशासन, रोजगारी र विकास परियाेजनालाई विशेष प्राथमिकता
Comments