अमेरिकी राष्ट्रपति बाइडेन कोभिड-१९ बाट संक्रमित
- श्रावण ३, २०८१ मा प्रकाशित
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ। बाइडेनका प्रेस सेक्रेटरी करिन जिन पियरेले राष्ट्रपतिलाई खोप लगाइएको र अहिले आराम गरिरहेको बताएकी छन्। उनी यसअघि पनि दुई पटक कोभिड–१९ बाट संक्रमित भइसकेका छन्।
८१ वर्षीय बाइडेन बुधबार लास भेगासमा चएको चुनावी सभामा भाग लिन पुगेका थिए। एउटा कार्यक्रममा सहभागी भएका उनले त्यसपछिका कार्यक्रम रद्द गरेका थिए।
गत जुनको अन्त्यमा ट्रम्पसँगको चुनावी बहसमा खराब प्रदर्शनपछि उमेरका कारण पद छोड्न उनीमाथि चर्को दबाब आएको छ। फेरि उनलाई यहि समयमा यो रोग आएको हो।
राष्ट्रपति ट्रम्पलाई डेलावेयरस्थित आफ्नो निवासमा आइसोलेट गर्नेलागिएको ह्वाइटहाउसले जनाएको छ।
राष्ट्रपतिका चिकित्सक केभिन ओकोनोरका अनुसार बाइडेनलाई नाकबाट पानी बग्ने र खोकी लाग्नेलगायत श्वासप्रश्वाससम्बन्धी माथिल्लो लक्षण देखिएको थियो। पछि उनलाई कोभिड पोजेटिभ देखिएको थियो।
सम्बन्धित खवर
-
ताजा भाद्र ३१, २०८१माओवादीले सदन अवरोध खोल्यो, प्रतिनिधि सभा बैठक सुचारु
-
ताजा भाद्र ३१, २०८१‘प्रचण्ड’ लाई हत्यारा भन्ने चार जना चन्द्रगढी विमानस्थलबाट पक्राउ
-
ताजा भाद्र ३१, २०८१झापाकाे धानबालीमा देखियो ‘सिथ ब्लाइट’
-
ताजा भाद्र ३१, २०८१२०८२ मा भेट्ने वाचा सहित सकीयाे कटहरीमा कृषी एक्सपाे : एक लाखले गरे अवलाेकन
-
ताजा भाद्र ३१, २०८१ललितपुरबाट एक हजारका ११५ थान नक्कली नोटसहित युवक पक्राउ
Comments