बैंककको होटलमा ६ भियतनामीको शव फेला, विष खुवाइएको आशंका
- श्रावण २, २०८१ मा प्रकाशित
एजेन्सी । थाइल्याण्डको राजधानी बैङ्ककको एक लक्जरी होटलको कोठामा मंगलबार ६ भियतनामी नागरिक मृत भेटिएका छन् । ग्राण्ड हयात इरावन होटलमा भएको घटनामा ज्यान गुमाएका दुई जनासँग दोहोरो अमेरिकी नागरिकता समेत रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूलाई विष खुवाइएको आशंका गरेको छ ।
बैंककको मेट्रोपोलिटन प्रहरी ब्युरो प्रमुख थिति साङसावाङका अनुसार प्रारम्भिक अनुसन्धानमा लडाइँ वा चोरीसँग सम्बन्धित चोटको कुनै संकेत पाइएको छैन । उनले सबैले विषाक्त पदार्थ सेवन गरेको हुनसक्ने अनुमान गरे । ‘हामीलाई उद्देश्य पत्ता लगाउन आवश्यक छ’ उनले भने, ‘उनीहरूले आत्महत्या गरेको नभई अन्यको हत्याबाट मरेको हुनसक्छ ।’
प्रहरीले दिउँसो साढे ४ बजे सूचना पाएको थियो । केही समयपछि प्रधानमन्त्री श्रेथा थाभिसिन घटनास्थलमा पुगेका थिए उनले यो घटनामा सातौँ भियतनामी संलग्न रहेको आशंका गरे । ‘संघर्षको कुनै संकेत थिएन’, होटलमा आयोजित पत्रकार सम्मेलनमा श्रेथाले भने, ‘उनीहरूले केही खाएका थिए कि भन्नेबारे शव परीक्षणबाट पत्ता लाग्नेछ ।’
सम्बन्धित खवर
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
-
ताजा मंसिर ६, २०८१चार दिन देखि बढेकाे बढ्यै सुनकाे भाउ : आज तोलाको कतिमा हुदैछ काराेवार ?
-
ताजा मंसिर ५, २०८१दुर्गा प्रसाईंलाई आज अदालत लगिँदै , मानहानीकाे मुद्धा चलाउने तयारी
Comments