बर्दियामा हात्तीको आक्रमणबाट एकको मृत्यु, अर्का एक घाइते
- श्रावण १, २०८१ मा प्रकाशित
बर्दिया । बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । ठाकुरबाबा नगरपालिका–२ पेरहनी निवासी करिब ५२ वर्षीय शिवप्रसाद थारुको सोमबार जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । सोही वडामा पर्ने सुजनपुरका २५ वर्षीय विश्राम थारु हात्तीको आक्रमणबाट घाइते भएका बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए ।
घाइते थारुको हात भाँचिएको छ। उनको ठाकुरबाबा नगर अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज पठाइएको संरक्षण अधिकृत वाग्लेले बताए । बर्दिया राष्ट्रिय निकुञ्ज अम्रेनी क्षेत्रमा कुलो मर्मत गर्न गएको टोलीलाई हात्तीले आक्रमण गरेको हो ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments