स्पेनले चौंथो पटक जित्यो युरोकप उपाधि
- असार ३१, २०८१ मा प्रकाशित
एजेन्सी । स्पेनले युरोकप–२०२४ को उपाधि जितेको छ । बर्लिनमा गए राति भएको फाइनलमा इङ्ल्याण्डलाई २–१ गोल अन्तरले हराउँदै स्पेनले युरोपेली च्याम्पियनसिपको उपाधि जितेको हो ।
दोस्रो हाफको शुरूआतमै स्पेनले अग्रता लिएको थियो । खेलको ४७ औ मिनेटमा स्पेनका लागि निको विलियम्सले गोल गरेका थिए । ७३ औं मिनेटमा इङ्ल्याण्डले बराबरी गोल गर्यो । मैदान प्रवेश गरेको तीन मिनेटमै कोल पालमरले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।
तर, ८६ औं मिनेटमा स्पेनले विजयी गोल गर्यो । मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई जीत दिलाए । स्पेनले सन् २०१२ पछि उपाधि उचालेको हो । स्पेनले पहिलोपल्ट सन् १९६४ मा युरो कप जितेको थियो ।
स्पेनको यो चौंथो युरो उपाधि हो । यसअघि स्पेन र जर्मनीले समान तीन पटक उपाधि उचालेका थिए । तर, यो कीर्तिमान स्पेनले तोडेको छ । इङ्ल्याण्ड भने लगातार दोस्रोपटक युरो कप फाइनलमा पराजित भएको छ । इङ्ल्याण्डले युरोकप उपाधि जित्न सकेको छैन ।
सम्बन्धित खवर
-
ताजा भाद्र ३१, २०८१माओवादीले सदन अवरोध खोल्यो, प्रतिनिधि सभा बैठक सुचारु
-
ताजा भाद्र ३१, २०८१‘प्रचण्ड’ लाई हत्यारा भन्ने चार जना चन्द्रगढी विमानस्थलबाट पक्राउ
-
ताजा भाद्र ३१, २०८१झापाकाे धानबालीमा देखियो ‘सिथ ब्लाइट’
-
ताजा भाद्र ३१, २०८१२०८२ मा भेट्ने वाचा सहित सकीयाे कटहरीमा कृषी एक्सपाे : एक लाखले गरे अवलाेकन
-
ताजा भाद्र ३१, २०८१ललितपुरबाट एक हजारका ११५ थान नक्कली नोटसहित युवक पक्राउ
Comments