हावाहुरीले उदयपुरमा करोडौँको क्षति
- जेष्ठ ६, २०८१ मा प्रकाशित
उदयपुर । आज बिहानको हावाहुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोडौँको क्षति भएको छ। हावाहुरीसँगै परेको चट्याङले रौतामाई गाउँपालिका–७ का ५३ वर्षीय चन्द्रिका तामाङ परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए।
हावाहुरीका कारण विभिन्न स्थानमा सडक छेउमा रुख ढल्दा ६८ वटा विद्युत्का खम्बा भाँचिएका छन्। विद्युत्का खम्बा भाँचिएपछि बेलका नगरपालिका, कटारी नगरपालिकासहित त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ।
त्यसैगरी त्रियुगा नगरपालिका–९ राजाबाससहित गैरुन क्षेत्रमा विद्युत्का खम्बा ढलेर विद्युत् अवरुद्ध भएको विद्युत् प्राधिकरण गाईघाटका प्रमुख विजयबाबु खत्रीले बताए। खम्बा भाँचिदा रु एक करोड ५० लाख भन्दा बढीको क्षति भएको अनुमान विद्युत प्राधिकरणको छ। विद्युत् सञ्चालन गर्न तीन दिन लाग्ने प्राधिकरणले जनाएको छ।
हावाहुरीले चौदण्डीगढी नगरपालिकाको हडिया, सुन्दरपुर र बेलका नगरपालिका आम्बासी, भागलपुर, पुरनदह क्षेत्रमा सयौँ घरको टिनको छानो उडाएको प्रहरीले जनाएको छ। क्षतिको तथ्याङ्क सङ्कलन भइरहेको प्रहरीको भनाइ छ।
सम्बन्धित खवर
-
ताजा भाद्र २२, २०८१पल शाह भन्छन : काठमाडाैंमा घर बनाउने सपना थीयाे तर एउटै मुद्धाले सबै सपना चकनाचुर बनाइदियाे
-
ताजा भाद्र २२, २०८१इजरायली सेनाको गोलीबाट २६ वर्षीया अमेरिकी-टर्की युवतीको मृत्यु
-
ताजा भाद्र २२, २०८१सुनिता विलियम्सलाई अन्तरिक्षमै छाडेर पृथ्वीमा फर्कियो स्टारलाइनर
-
ताजा भाद्र २२, २०८१राजनीतिक परिवर्तनप्रति कर्मचारीहरुको योगदान प्रशंसायोग्य : प्रधानमन्त्री
-
ताजा भाद्र २२, २०८१चेपाङ समुदायले आज आज छोनाम मनाउँदै, यी तीन जिल्लामा सार्वजनिक बिदा
Comments