
यो वर्षको एसईई आजदेखि, पाँच लाख बढी विद्यार्थी परीक्षामा सहभागी हुँदै
- चैत्र १५, २०८० मा प्रकाशित

इटहरी । वर्ष २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (बिहीबार) देखि सुरु हुँदैछ । यो वर्ष एसईईमा पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी हुँदैछन् । देशभरका दुई हजार ६४ परीक्षा केन्द्रबाट एक साथ परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । यो वर्ष एसईईको नतिजामा लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार विद्यार्थीको ग्रेडिङ हुनेछ ।
नयाँ निर्देशिकाअनुसार यसरी छुट्याइन्छ ग्रेड र जीपीए
लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार विद्यार्थाीको प्राप्तांक प्रतिशतका आधारमा आठवटा स्तरीकृत अंक (जीपीए) र अइर ग्रेड (लेटर ग्रेड) छुट्याइएको छ । विषयगत रूपमा सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त छुट्टाछुट्टै अंकलाई अक्षर ग्रेड (लेटर ग्रेड)मा रूपान्तरण गरिनेछ । जसमध्ये सैद्धान्तिक र आन्तरिक दुवैतर्फ ९० र सोभन्दा माथि प्रतिशत प्राप्त गर्नेलाई ४.० जीपीए दिइनेछ । ४.० जीपीए ल्याउने विद्यार्थीको ग्रेडिङ ‘ए प्लस’ हुनेछ, यसलाई सर्वोत्कृष्ट उपलब्धि मानिएको छ ।
यस्तै, ८० देखि ९० प्रतिशत ल्याउनेको जीपीए ३.६ र ग्रेड ‘ए’ हुनेछ भने ७० देखि ८० सम्म प्रतिशतलाई ३.२ जीपीए दिइनेछ, उनीहरूको ग्रेड ‘बी प्लस’ हुनेछ । यस्तै, ६० देखि ७० सम्म ल्याउनेको जीपीए २.८ र ग्रेड ‘बी’, ५० देखि ६० ल्याउनेको जीपीए २.४ र ग्रेड ‘सी प्लस’, ४० देखि ५० सम्म ल्याउनेको जीपीए २.० र ग्रेड ‘सी’, ३५ देखि माथि ४० सम्म ल्याउनेको जीपीए १.६ र ग्रेड ‘डी’ कायम हुनेछ । सैद्धान्तिकतर्फ ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेको ग्रेड तोकिने छैन अर्थात् ग्रेडको वर्गमा ‘नन् ग्रेडेड’ र जीपीएको वर्ग खाली राखिनेछ ।
प्रत्येक विषयमा आन्तरिकतर्फ न्यूतनम ‘सी’ र सैद्धान्तिकतर्फ ‘डी’ ग्रेड प्राप्त नगरेसम्म विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैनन् । मूल प्रमाणपत्र प्रप्त नगरी उच्च शिक्षा अध्ययन गर्न पाइने छैन । यसरी ‘नन् ग्रेडेड’ नतिजा आएका विद्यार्थीले दुईवटा विषयमा तीन पटकसम्म तत्कालै हुने ग्रेडवृद्धि परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका परीक्षा उपनियन्त्रक भक्त गोदार बताउँछन् ।
उनका अनुसार दुईभन्दा बढी विषयमा नन् ग्रेडेड भएका वा तत्काल हुने ग्रेडवृद्धि परीक्षामा पनि न्यूनतम ग्रेड पाउन नसकेका विद्यार्थीले अर्को वर्ष हुने एसईईमा सबै विषयमा परीक्षा दिन पाउने छन् । यदि विद्यार्थी सैद्धान्तिकतर्फको परीक्षामा सामेल हुन नपाएमा उसको आन्तरिक तथा प्रयोगात्मकतर्फको अंक तीन वर्षसम्म कायम रहनेछ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments