
मलेसियाको हिरासतबाट १०० बढी रोहिंग्या शरणार्थी फरार, एकको मृत्यु
- माघ २०, २०८० मा प्रकाशित

एजेन्सी । मलेसियामा रोहिङ्ग्या शरणार्थी रहेको हिरासत केन्द्रमा भएको हिंसात्मक झडपपछि १०० भन्दा बढी शरणार्थी हिरासतबाट भागेका छन् भने भाग्ने क्रममा राजमार्गमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
उत्तरी पेराक राज्यको बिदोर अस्थायी अध्यागमन डिपोबाट भाग्नुअघि ११५ रोहिंग्या आप्रवासी र अन्य १६ जनाले आफ्नो हिरासत भवनमा दंगा गरेको स्थानीय प्रहरी प्रमुख मोहम्मद नईम अस्नावीले एएफपीसँगको कुराकानीमा पुष्टि गरे । प्रहरी र अन्य निकायका अधिकारीहरूले बेपत्ता थुनुवाहरूको खोजी गरिरहेको नइमले बताए ।
उनले उत्तर–दक्षिण राजमार्गमा अँध्यारोमा गुडिरहेको गाडीको ठक्करबाट एक शरणार्थीको मृत्यु भएको बताए । प्रहरीका अनुसार दंगा र झडपको कारणबारे अनुसन्धान भइरहेको छ । आफ्नो बौद्ध बहुल मातृभूमि म्यान्मामा उत्पीडनको शिकार भई मुस्लिम बहुल मलेसिया, इन्डोनेशिया र बङ्गलादेशको शरणार्थी शिविरहरूमा रहँदै आएका छन् । यसमध्ये अधिकांश बङ्गलादेशमा रहेका दर्जनौं शरणार्थी शिविरहरूमा रहेका छन् ।
गरिबीसँग जुध्दै रोजगारीको अवसरका लागि बंगलादेश र म्यान्माबाट थाइल्याण्डसँगको खुला सीमाना भएर डुंगा चढेर मलेसिया छिर्न वा लुकिछिपी मलेसिया प्रवेश गर्न उनीहरूले महिनौँ लामो समुद्री यात्रा गर्छन् । पक्राउ परेमा उनीहरूलाई सामान्यतया भीडभाड र फोहोर अवस्थामा रहेका हिरासत केन्द्रमा पठाइने गरेको अधिकारवादी समूहहरूले बताउने गरेका छन् । मलेसियामा एक लाखभन्दा बढी रोहिङ्ग्याहरू अवैध रूपमा स्थापित व्यवसायिक संस्था र अन्य कम तलबका काम गर्छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments