
बम हानेर उडाउने धम्कीपछि एफिल टावर खाली गराइयाे
- पुष १२, २०८० मा प्रकाशित

एजेन्सी । फ्रान्सको राजधानी पेरिसमा रहेको एफिल टावर बुधबार बन्द भएको छ । विश्वका प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक एफिल टावर मजदुर आन्दोलनमा उत्रिएपछि बन्द भएको हो । एफिल टावर सञ्चालन गर्ने संस्था एसईटीईले यो जानकारी दिएको हो ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार अनुसार, कट्टर वामपन्थी युनियनले एक विज्ञप्तिमा भन्यो कि टावर निर्माण गर्ने इन्जिनियर गुस्ताभ एफिलको मृत्युको १०० औं वार्षिकोत्सवमा हडतालको आह्वान गरिएको थियो । केही माग रहेकाले यो हड्ताल भएको युनियनले जनाएको छ । यद्यपि माग के हो भन्नेबारेमा केही खुलाइएको छैन ।
यसका डिजाइनर गुस्ताभको निधन सन् १९२३ डिसेम्बर २८ मा भएको थियो । यस्तो अवस्थामा गुस्ताभको मृत्यु भएको सय वर्ष पूरा भएको छ । एफिल टावरका प्रवक्ताका अनुसार पर्यटकहरूले अझै पनि टावरको मुनि काँचले घेरिएको एस्प्लेनेडमा पहुँच गर्न सक्छन् तर अर्को सूचना नभएसम्म ३०० मिटर ल्यान्डमार्कमा पहुँच बन्द छ। प्रवक्ताले पेरिस शहरसँग सम्झौता वार्ता हुनु अघि नै हडतालको घोषणा गरिएको बताए। यो हड्ताल कहिलेसम्म चल्ने हो भन्ने संघका प्रतिनिधिहरूले भने खुलाएका छैनन् ।
विश्वमा सबैभन्दा धेरै भ्रमण गरिएका ठाउँहरू मध्ये एक एफिल टावर सामान्यतया वर्षको ३६५ दिन नै खुला हुन्छ । तर, यहाँ बेलाबेलामा हडताल हुने गरेको छ । उल्लेखनीय छ कि यस वर्ष अगस्टमा एफिल टावरलाई बमले उडाउने धम्की आएको थियो, त्यसपछि सावधानीका रूपमा यसलाई खाली गरिएको थियो । तर, यो बमको धम्की अफबाह मात्र सावित भएको छ । यो ऐतिहासिक टावरको निर्माण कार्य जनवरी १८८७ मा सुरु भई ३१ मार्च १८८९ मा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments