
युद्धग्रस्त गाजामा भयावह स्वास्थ्य अवस्था : न बेड छ, न त औषधि
- मंसिर २९, २०८० मा प्रकाशित

काठमाडौं । युद्धग्रस्त क्षेत्र गाजापट्टी र रफाह क्रसिङ्ग बोर्डरमा औषधि अभाव हुन थालेको छ । रफाह स्थित शहीद मोहम्मद यूसुफ अल–नजर अस्पतालमा बिरामीलाई चाहिने आवश्यक औषधि अभाव भएपछि समस्या उत्पन्न भएको हो ।
बीबीसीका अनुसार अस्पतालका निर्देशक डा. मारवान अल–हमले अस्पतालमा जम्मा ६३ शैंया रहे पनि हाल १४५ जना बिरामीको उपचार भइरहेको बताए । उनले बिरामीको यो संख्या अस्पतालको क्षमताभन्दा दोब्बर रहेको भन्दै उपचारमा समस्या हुन थालेको बताए ।
डा. अल–हमले विद्यालय, राहत शिवर र बाँकी रहेका घरहरूमा फैलिँदै गएको रोगका कारण औषधि अभावको समस्या निकै गम्भीर स्तरमा पुगेको भन्दै अस्पतालमा थप बिरामीलाई भर्ना गर्ने अवस्था नरहेको बताए । उनका अनुसार गाजा पट्टीका अस्पतालहरूमा गम्भीर झाडापखाला, थकाइ र उच्च तापक्रमका कारण पीडित बिरामीहरू आउन थालेका छन् । दूषित पानी, असुरक्षित खाद्य पदार्थ र सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका कारण यी समस्या फैलिरहेको उनको भनाइ छ ।
डा.अल–हमलेका अनुसार मानिसहरूमा छाला सम्बन्धी रोग पनि फैलिन थालेको छ। अस्पताल र स्वास्थ्य केन्द्र पुग्ने अधिकांशमा दादुरा देखिन थालेको छ । जसका कारण हालसम्म ४ हजार ५ सय ९३ जना प्रभावित भइसकेका छन् । त्यस्तै रुबेलाका कारण हालसम्म ५ जना सङ्क्रमित भइसकेका छन् भने मेनिन्जाइटिसका कारण ११५ जना प्रभावित भएका छन् ।
डा. अल–हमले छाला चिलाउने र विविरा आउने जस्ता समस्याका कारण हालसम्म ३५ हजारभन्दा बढी प्रभावित भएको र उनीहरूलाई औषधि दिन नसकेको सुनाए । त्यसबाहेक लुतोका कारण १९ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् भने गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार रगतमासिका ३५० केस दर्ता भएको छ । साथै गाजाका मानिसमा जन्डिस पनि देखिन थालेको छ । हालसम्म ४ हजारभन्दा बढी जन्डिसका कारण मानिसहरू संक्रमित भएका छन् । यो संख्या दिन प्रतिदिन बढ्दै गएको मन्त्रालयले जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले पनि गाजामा स्वास्थ्य अवस्थालाई लिएर चिन्ता व्यक्त गरेको छ । गाजामा रहेका अस्पतालहरू आक्रमणका कारण ध्वस्त भएका छन् भने बाँकी रहेका केही अस्पतालमा पनि आवश्यक औषधि र जनशक्ति अभावका कारण बिरामीको उपचारमा समस्या भइरहेको भन्दै सङ्गठनले चिन्ता व्यक्त गरेको छ ।
गाजाको उत्तरमा एक र दक्षिणमा १० अस्पतालमा बिरामीको उपचार भइरहे पनि समस्या चिन्ताजनक रहेको सङ्गठनले बताएको छ । साथै दुई महिनादेखि जारी युद्धपछि प्रति ७ सय जनाका लागि औसतमा १ नुहाउने स्थान र १५० जनाका लागि १ मात्रै चर्पी उपलब्ध रहेको सङ्गठनले बताएको छ । आवश्यक खाद्यान्न र खानेपानी अभावका साथै सरसफाइका लागि चाहिने आवश्यक ह्यान्डवास, डिर्जेन्ट, साबुन लगायतको पनि अभाव रहेको हुँदा संक्रमण थप फैलिरहेको सङ्गठनको भनाइ छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments