
आजबाट खुल्यो हिमालयन रि इन्स्योरेन्सको आइपीओ, कस्तो छ कम्पनी
- मंसिर २७, २०८० मा प्रकाशित
आज मंसिर २७ गतेदेखि हिमालयन रि इन्स्योरेन्सको आइपीओ खुलेको छ।कम्पनीको आइपीओमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ। सो समयसम्म बिक्री नभएपुस ११ गतेसम्म बिक्री खुला रहनेछ।कम्पनीले सर्वसाधारणको लागि दुई करोड ४९ लाख कित्ता सेयर जारी गर्ने भएको हो।
अंकित मूल्य १ सयमा १०६ रूपैयाँ प्रिमियम थपेर एक कित्ता २०६ रूपैयाँका दरले बिक्री गर्ने भएको हो। यसमा न्यूनतम १० कित्ताको लागि आवेदन दिन सकिनेछ।यसको लागि कम्तिमा २ हजार ६० रूपैयाँ बैंक खातामा मौज्दात हुनुपर्नेछ। नत्र आवेदन रद्द हुन्छ। यो सेयरमा बढिमा ३ लाख कित्तासम्म आवेदन दिन सकिन्छ।वैदेशिक रोजगारीमा जाने नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीहरूलाई कम्पनीले सेयर छुट्याइसकेको छ।
वैदेशिक रोजगारीमा गएकाहरूका लागि ३० लाख कित्ता सेयर बाडिसकेको छ। कम्पनीका कर्मचारीको लागि ६ लाख कित्ता र सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता सेयर छुट्याएको छ।
आफ्नो खाता भएको बैंक शाखा वा अनलाइन प्रणालीमा मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ। रेटिङ कम्पनी इक्रा नेपालले कम्पनीको सेयरलाई ए माइनस रेटिङ दिएको छ।यसले कम्पनीको वित्तीय दायित्व सफलसँग भुक्तानी गर्न सक्ने देखाउँछ। यसको सेयर बिक्री प्रबन्धक एनएमबी बैंक छ।सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी १० अर्ब रूपैयाँ पुग्नेछ। कम्पनीले प्रिमियमबाटै ३ अर्ब १८ करोड पाउनेछ। यो रकम बोनस सेयर दिन प्रयोग गर्न सक्ने व्यवस्था छ।
कम्पनीले सेयरबाट उठेको रकम घरजग्गा कार्यालयमा लगाउने देखि निक्षेप, ऋणपत्रमा लगानी गर्ने उल्लेख गरेको छ। अहिले पनि कम्पनीले विभिन्न लगानीबाट कमाई गरिरहेको छ। गत असारसम्म कम्पनीले यस्तो लगानीबाट ८० करोड ६४ लाख कमाएको थियो।हाल नेपालमा एक मात्र पुनरबीमा कम्पनी रहेकोमा हिमालयन रि पनि थपिन लागेको हो। बीमा कम्पनीहरूले आफुले मात्र लिन नसक्ने जोखिम यस्ता पुनरबीमा कम्पनीमा सार्छन्। धेरैले विदेशी पुनरबीमा कम्पनीमा यस्तो जोखिम सार्दै आएका छन्।
हाल नेपाली बीमा कम्पनीहरूले आफूले गर्ने पुनः बीमाको कम्तिमा १५ प्रतिशत रकम बराबर नेपाली पुनर्बीमा कम्पनीमा गर्नुपर्ने व्यवस्था छ। हाल हिमालयन रि र नेपाल रि इन्स्योरेन्स छन्। कम्पनीहरूले कम्तिमा बीमाको शुल्कको १० प्रतिशत रकम र सो बराबरको जोखिम पुनर बीमा कम्पनीमा सार्नुपर्छ। पुनर बीमा कम्पनीको व्यवसायलाई सुनिश्चित गरिएको छ।यस कम्पनीमा ठूला व्यवसायी शेखर गोल्छा अध्यक्ष छन्। शाहिल अग्रवाल, अमित मोर लगायत सञ्चालक समितिमा छन्।कम्पनीमा अम्बर प्रोभेष्टमेन्टको ९. ६९ प्रतिशत, नेपाल बैंकको ७.१४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ७.१४ प्रतिशत र इन्फिनिटि होल्डिङ्सको ६.४३ प्रतिशत सेयर छ।
कम्पनीले गत असारसम्म ३ अर्ब ४३ करोड खुद प्रिमियम आम्दानी गरेको छ। कम्पनीले ४ अर्ब ३१ करोड जम्मा आम्दानी गरेको छ। कम्पनीले ४४ करोड नाफा गरेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ६ रूपैयाँ ३२ पैसा छ। प्रतिसेयर नेटवर्थ एक सय १० रूपैयाँ ९२ पैसा छ। कम्पनीले पहिलो कारोबारको लागि ३ सय ३२ रूपैयाँसम्म मूल्य रेञ्ज पाउन सक्छ। कम्पनीले अर्को वर्ष नै एक अर्ब २ करोड नाफा कमाउन सक्ने प्रक्षेपण गरेको छ।
कम्पनीको सोल्भेन्सी मार्जिन १ दशमलव ४ गुणा देखिदै आएको छ। सोल्भेन्सी मार्जिन भनेको कम्पनीमा पर्नसक्ने दाबीभन्दा अतिरिक्त हुनुपर्ने पुँजी हो। कम्पनीमा भित्रने प्रिमियममा निरन्तरता पाउने दर ९० प्रतिशतसम्म छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments