
इटहरीमा भयाे उदाहरणीय बिवाह : जब सासु–ससुराले नै बुहारीलाई छाेरी बनाएर कन्यादान गरे…
- मंसिर २१, २०८० मा प्रकाशित

इटहरी । सुनसरीको इटहरी उपमहानगरमा बिहीबार एक अनौठो विवाह सम्पन्न भएको छ । छोराको निधन पछि एकल बनेकी बुहारीको सासू र जेठाजुले कन्यादान गरेर बिदाइ गरी समाजमा उदाहरण देखाएका छन् । इटहरी उपमहानगर २ का पुण्य पौडेल(जेठाजु) र जानुका पौडेलले(सासु) कान्छी बुहारी ३४ वर्षीया सुजा पौडेलको धूमधाम विवाह गरिदिएका हुन ।
२०६९ मा छोरा फडिन्द्रका लागि सुजालाई झापाको बैगुन धाराबाट कान्छी बुहारीको रूपमा घर भित्र्याएका थिए । अफसोस ७१ सालमा छोराको निधन पछि एकल बनेकी बुहारी सुजालाई घर परिवारको सल्लाह अनुसार नै छोरी बनाएर बिहीबार कन्यादान गरिएको हो । इटहरीका फडिन्द्र र सुजा बिच २०६९ मा मागी विवाह भएको थियो । घरकाे कान्छी बुहारीलाई छोरीको रूपमा अन्माएर कन्यादान गर्न पाउँदा आफूहरूलाई भाग्यमानी ठानेको सासू जानुका पौडेलले बताइन । बुहारी भएपछि कर्म घरकै सेवा गर्नुपर्छ भन्ने छैन ।
उसको पनि इच्छा आकाङ्क्षा बुझ्नुपर्छ हामी खुसी छौ सासू जानुकाले भनिन । सुजाकाे सुनसरी डुम्राहा निवासी रमेस रेग्मी सँग विवाह भएको हो । रेग्मी सरकारी कर्मचारी हुन भने सुजा एनआइसी एसिया लघुवित्त बैंकमा कार्यरत छिन् । ७८ सालमा पहिलो श्रीमतीको निधन पश्चात् एक्लो बनेका रेग्मीले सुजाकाे बारेमा बुझेपछि उनैले विवाहको प्रस्ताव अघि बढाएका थिए ।
रेग्मीको एक छोरा र एक छोरी रहेका छन् भने सुजाकाे पनि एक छोरी रहेकी छिन । दुबैको अवस्था मिल्दो जुल्दाे देखेर दुवै पक्षको परिवार सँग सर सल्लाह गरी विवाह गरिदिएको सुजाका जेठाजु पुण्य पौडेलले बताए । यता सुजाका बुवा पनि छोरीको पुन घर बसेकोले खशी व्यक्त गरेका छन् भने । सुजाले कर्म घरबाट छोरी बनेर बिदा हुन पाउँदा गर्व लागेको बताउँदै हरेक बुहारीले यस्तै पुण्य सोच बोकेको सासू –ससुरा पाउनुपर्ने व्यक्त गरिन ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments