अष्ट्रेलियासँगको पाँचौँ तथा अन्तिम टी–२० खेलमा भारत विजयी
- मंसिर १८, २०८० मा प्रकाशित
काठमाडौँ । अष्ट्रेलियासँगको पाँचौँ तथा अन्तिम टी–२० खेलमा भारत विजयी भएको छ । बैंग्लोरमा भएको खेलमा भारत ६ रनले विजयी भएको हो । भारतले दिएको १६१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित ओभरमा ८ विकेट गुमाएर मात्र १५४ रन बनाउन सक्यो ।
त्यसअघि टस हारेर व्याटिङ गरेको भारतले ८ विकेट गुमाएर १६० रन बनाएको थियो । घरेलु टोली भारतले पाँच खेलको टि–२० शृङ्खला एक खेल अगावै जितिसकेको थियो । चौथो खेलमा भारतले अष्ट्रेलियालाई २० रनले हराउँद शृङ्खला आफ्नो पक्षमा पारेको हो ।
भारतसँग पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले हारेको अष्ट्रेलिया तेस्रो खेलमा भने ५ विकेटले विजयी भएको थियो । यसअघि भएको एकदिवसीय विश्वकपको उपाधि अष्ट्रेलियाले घरेलु टोली भारतलाई हराउँदै जितेको थियो ।
सम्बन्धित खवर
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
-
ताजा मंसिर ६, २०८१चार दिन देखि बढेकाे बढ्यै सुनकाे भाउ : आज तोलाको कतिमा हुदैछ काराेवार ?
-
ताजा मंसिर ५, २०८१दुर्गा प्रसाईंलाई आज अदालत लगिँदै , मानहानीकाे मुद्धा चलाउने तयारी
Comments