
भारतका तीन प्रदेशमा भाजपा विजयी, कंग्रेस आइलाई धक्का
- मंसिर १८, २०८० मा प्रकाशित

नयाँदिल्ली । भारतको मध्यप्रदेश, राजस्थान, छत्तीसगढ र तेलंगना विधान सभा निर्वाचनको परिणाम सार्वजनिक भएको छ । यी चारमध्ये तीन राज्यमा भारतीय जनता पार्टी (बिजेपी)ले सानदार जित हासिल गरेको छ । एक राज्यमा कांग्रेसले बाजी मारेको छ ।
भारतीय निर्वाचन आयोगका अनुसार मध्यप्रदेश, राजस्थान र छत्तीसगढ बिजेपीले जित्दा तेलंगना कांग्रेसको हातमा गएको छ । मध्यप्रदेशमा दुई सय ३० सिटमध्ये बिजेपीले एक सय ६४ स्थान जितेको छ । यहाँ कांग्रेसले ६५ सिट जित्दा एक सिट अन्यले जितेको छ ।
छत्तीसगढको ९० मध्ये बिजेपीले ५४ र कांग्रेसले ३५ सिट जितेको छ । राजस्थानको एक सय ९९ मध्ये बिजेपीले एक सय १५, कांग्रेसले ६९ र अन्यले १३ सिट जितेको छ । तेलंगनामा एक सय १९ मध्ये कांग्रेसले ६४, भारत राष्ट्र समिति (बिआरएस)को ३९ र बिजेपीले आठ सिट जितेको छ । तेलंगनामा कंग्रेसले बिआरएसको १० वर्षसम्मको सत्ता अन्त्य गरेको छ । मध्यप्रदेशका जनताले भाजपालाई पुनः अनुमोदन गरेका छन् । राजस्थानमा भने भाजपाले अशोक गेहलोत सरकारलाई सत्ताच्युत गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यप्रदेश, राजस्थान र छत्तीसगढ विधान सभा चुनावमा भाजपाको विजयको प्रशंसा गर्दै परिणामले विकास र सुशासनको राजनीति र भाजपामाथि मात्र जनताको विश्वास रहेको देखाएको बताएका छन् । उनले मतदाताहरू, विशेषगरी महिला मतदाता, युवा, किसान र गरिबहरूलाई भाजपामाथिको स्नेह र आशीर्वादको लागि धन्यवाद दिएका छन् ।
सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत एक सन्देश जारी गर्दै उनले भने, ‘हामी जनतासामु नतमस्तक छौँ । मध्यप्रदेश, राजस्थान र छत्तीसगढको परिणामले भारतका जनताको विश्वास सुशासन र विकासको राजनीतिमा मात्र छ, उनीहरूलाई भाजपामा विश्वास छ भन्ने बताइरहेको छ ।’
कांग्रेस नेता राहुल गान्धीले भने पार्टीको विचारधाराको लडाइँ जारी रहने प्रतिक्रिया दिएका छन् । विधान सभा चुनावमा पार्टीको हार स्वीकार गरे पनि पार्टीको विचारधाराको लडाइँ जारी रहने उनको भनाइ थियो । गान्धीले एक्समा लेखेका छन्, ‘हामी मध्यप्रदेश, छत्तीसगढ र राजस्थानको जनादेशलाई विनम्रतापूर्वक स्वीकार गर्दछौँ । विचारधाराको लडाइँ जारी रहनेछ ।’

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments