
उर्लाबारी आगलागी : घाइते थप एकको उपचारका क्रममा मृत्यु
- मंसिर ७, २०८० मा प्रकाशित

इटहरी । मोरङको उर्लाबारी आगलागी घटनाका थप एक घाइतेको मृत्यु भएको छ । लक्ष्मी पूजाको राति उर्लाबारी नगरपालिका–७ बरगाछीमा भएको आगलागी घटनाका घाइते स्थानीय ४९ वर्षीय हेमकुमार दाहालको उपचारका क्रममा गए राति कीर्तिपुरस्थित वर्न अस्पतालमा मृत्यु भएको हो ।
आगलागीमा परेर घाइते भएका उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको गएको मंगलबार कीर्तिपुर वर्न अस्पतालमै मृत्यु भएको थियो । स्थानीय दीपक कार्कीले घरमै सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट लक्ष्मी पूजा दिन आगलागी भएको थियो । त्यतिबेला आगो निभाउन गएका ४ प्रहरी र २४ स्थानीयसहित २८ जना घाइते भएका थिए । सो आगलागी घटनाका ७ जनाको कीर्तिपुर वर्न अस्पतालको आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments