
गाजाको अल शिफा अस्पतालमा मानिसको भागदौड, गेटमै ८० जनाको सामुहिक चिहान
- मंसिर ३, २०८० मा प्रकाशित

एजेन्सी । गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफाको गेटमै ८० जना भन्दा बढीको सामुहिक चिहान भेटिएको छ । इजरायलले अस्पतालमा आक्रमण गरेपछि त्यहाँको स्थिति दर्दनाक बनेको हो । सयौं मानिसहरु अस्पतालबाट भागेका छन् ।
अस्पतालका मेडिकल स्टाफहरुलाई शनिबार अस्पताल छोड्न भनिएको थियो । सयौं मानिसहरु ढुंगामाटोले भरिएको सडक हुँदै भागिरहेको दृष्य देखिएको थियो । उनीहरु बन्दुकको फायरिङबाट बच्दै भागिरहेका थिए । विश्व स्वास्थ्य संगठनले अगुवाइ गरिरहेको यूएन टिमले अल–शिफा अस्पताललाई डेथ जोन भनेको छ । अस्पतालको गेटमा सामूहिक चिहान फेला परेको पनि उसले बताएको छ । त्यहाँ ८० जनाको शव गाडिएको बताइएको छ ।
यसैबीच गाजाको स्वास्थ्य मन्त्रालयले उत्तरी गाजाको जबालियामा दुई विष्फोट भएको र त्यसमा ८० जना मारिएको जानकारी दिएको छ । यूएनको सेल्टर होममा विष्फोट भएको हो वा होइन भन्ने चाहिँ खुलेको छैन । संयुक्त राष्ट्र संघको राहत एजेन्सीले विद्यालयलाई आश्रय गृहमा परिणत गरेको थियो । विश्व स्वास्थ्य संगठनको नेतृत्वमा संयुक्त राष्ट्र संघको टोलीले अल–शिफा अस्पताललाई ‘डेथ जोन’ घोषणा गरेको छ ।
उक्त टोलीले एक घण्टा अस्पतालको निरीक्षण गरेपछि त्यहाँ बम विष्फोट र गोली चलेको निशाना देखिएको जनाएको छ । साथै अस्पतालको गेटमै सामूहिक चिहान फेला परेको पनि टोलीले जनाएको छ । त्यहाँका मानिसले चिहानमा ८० जना पुरिएको बताएका छन् । यसैबीच इजरायली सेनाले अल–शिफा अस्पताल छाड्न दिएको चेतावनीपछि पनि त्यहाँ अझै ३ सय जना गम्भीर बिरामी रहेको बताइएको छ । डब्लुएचओले त्यहाँ फसेका मेडिकल स्टाफ र बिरामीहरूलाई तत्काल बाहिर निकाल्ने प्रयास गरिरहेको बताएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments