गाजाको अस्पतालनजिकै पुग्यो इजरायली सेना
- कार्तिक २५, २०८० मा प्रकाशित
एजेन्सी । इजरायली सेना गाजाका अस्पतालहरू नजिकै पुगेका छन्।प्रत्यक्षदर्शीहरूले शुक्रबार बताएअनुसार इजरायली सेना गाजाका मुख्य अस्पतालहरू अल शिफा, अल कुड्स, अल रेन्टिसी र इन्डोनेसियाको एउटा अस्पतालनजिकै पुगेको बीबीसीले उल्लेख गरेको छ।
बीबीसीका अनुसार अस्पताल नजिक र बाहिर लगातार विस्फोट भइरहेका खबर आएका छन्।इजरायलले हमासले अल शिफा अस्पतालमुनि बनाइएको सुरुङबाट हमला गरिरहेको आरोप लगाइरहेको छ।
तर हमासले यसलाई अस्वीकार गरेको छ। बीबीसीका अनुसार प्राप्त एउटा भिडिओमा एउटी महिलाले अल रेन्तिसी अस्पताललाई ट्यांकले घेरिएको गरेको देखिन्छ। भित्रका मानिसहरूलाई अस्पताल खाली गर्न भनिएको छ।
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
-
ताजा मंसिर ८, २०८१दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
-
ताजा मंसिर ८, २०८१बराहक्षेत्रकाे सप्तकाेशी किनारमा महिला र पुरूषकाे शव भेटियाे
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
Comments