
ओमानमा अब भ्रमण भिसाले काम गर्न नपाइने
- कार्तिक १७, २०८० मा प्रकाशित

काठमाडौँ । मध्यपूर्वको देश ओमानमा अबदेखि भ्रमण भिसामा गएकाले भिसा परिवर्तन गरेर काम गर्ने भिसा लगाउन नपाइने भएको छ । ओमानस्थित नेपाली दूतावासले सूचना सार्वजनिक गर्दै कात्तिक १४ वा अक्टोबर ३१ देखि भ्रमण भिसामा ओमानमा आएका आप्रवासीले भिसा परिवर्तन गरेर काम गर्न नपाउने नियम लागु गरेसँगै भ्रमण भिसामा गएर काम नपाइने भएको हो ।
यसअघि भ्रमण भिसामा जाने र त्यहाँ पुगेपछि काम गर्ने भिसा लगाउने सक्ने भए पनि ३१ अक्टोबरदेखि भिजिट भिसामा गएकाले काम गर्ने भिसा नपाउने कडा नियम ओमान सरकारले लागु गरेको छ ।
दूतावासको सूचनामा भनिएको छ, “भ्रमण भिसामा आएर त्यो भिसाको क्याटगरी परिवर्तन गरी काम गर्ने भिसा लिन नपाउने नियम लागु भएको छ । भ्रमण भिसामा ओमान आउने र पठाउने दुवै सचेत हुनुहोस् ।”
दूतावासले काम पाउने आसमा भ्रमण भिसामा नआउन सबैलाई आग्रह गरेको छ । घुम्ने पर्यटकका लागि भ्रमण भिसा जारी हुने र त्यो प्रयोजनमा आएका विदेशी नागरिकले अब भिसा परिवर्तन गरेर पहिले जस्तो काम गर्न पाउँदैनन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments