
गाजा क्षेत्रमा तत्काल युद्धविराम गर्न संयुक्त राष्ट्र संघको अपिल
- कार्तिक ११, २०८० मा प्रकाशित
एजेन्सी । संयुक्त राष्ट्र सङ्घले गाजा क्षेत्रमा तत्काल युद्धविराम गर्न इजरायलसँग आग्रह गरेको छ । गाजा क्षेत्रमा राहात व्यवस्थापनको काम गर्दै आएको राष्ट्र सङ्घीय निकायले यदि युद्ध विराम नगरेमा गाजामा राहातका कार्यक्रम रोक्नुपर्ने अवस्था आएको बताएको बीबीसीले जनाएको छ ।
इजरायलले शुरु गरेको स्थलगत आक्रमणसँगै राहात वितरण कार्य असुरक्षित भएको राष्ट्रसङ्घको भनाइ छ । इजरायली सेनाहरु स्थलगत मार्गबाट उत्तरी गाजामा प्रवेश गरिरहेका छन् । यस्तै, गाजा क्षेत्रमा शासन गर्दै आएको विद्रोही समूह हमासले युद्धविराम नभएसम्म बन्धक बनाइएकालाई रिहाइ नगर्ने घोषणा गरेको छ ।
रुसको भ्रमणमा रहेको हमास प्रतिनिधिमण्डलका एक सदस्यले अक्टोबर ७ को आक्रमणमा बन्धक बनाइएकालाई रिहाइ गर्न नसकिने बताएका बीबीसीले जनाएको छ । अहिले २२९ जना हमासको कब्जामा रहेका इजरायलले जनाएको छ । गाजामा बन्दी बनाइएका चार जनालाई हमासले रिहा गरिसकेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments