
टी-२० त्रिकोणात्मक सिरिज : फाइनलमा यूएईसँग नेपाल पराजित
- कार्तिक १०, २०८० मा प्रकाशित
काठमाडाैं। नेपाललाई पराजित गर्दै त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि यूएईले जितेको छ। कीर्तिपुरको त्रिवि मैदानमा शुक्रबार भएको फाइनलमा नेपाललाई चार विकेटले हराउँदै यूएईले सिरिजको उपाधि हात पारेको हो।जितको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको युएईले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्याे। मुहमद वासिमले ४५ रन बनाएर यूएईलाई राम्रो सुरुवात दिलाएका थिए।
अर्का ओपनर आयांश शर्माले २५ र वृत्य अरविन्दले २६ रनको योगदान दिएका थिए। नेपालका गुल्सन झा र अविनाश बोहराले समान २ तथा कुशल मल्लले १ विकेट लिए।त्यसअघि यूएईले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको नेपालले ८ विकेटको क्षतीमा १ सय ६२ रन बनायो। ओपनर कुशल भुर्तेलले सर्वाधिक ५० रन बनाए।
आसिफ शेख ७, कुशल मल्ल १, रोहित पौडेल १८, दिपेन्द्र सिंह ऐरी २०, सन्दीप जोरा ५, गुल्सन झा ५, सोमपाल कामीले १३ रन बनाए। यूएईका आयन खानले ३ तथा अली नासिर र जहुर खानले समान दुई विकेट लिए। जुनेद सिद्धीकीको नाममा एक विकेट रह्यो।
नेपाल अपराजित रहदै सिरिजको फाइनल प्रवेश गरेको हो। लिग चरणका दुवै खेलमा यूएईलाई हराएपनि फाइनलमा भने नेपाल पराजित हुन पुग्यो। टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपालले हङकङ र यूएईलाई समावेश गरेर सिरिजको आयोजना गरेको हो।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments