आफ्ना नागरिकलाई जतिसक्दो चाँडो लेबनान छोड्न अमेरिका र बेलायतको आग्रह
- कार्तिक ३, २०८० मा प्रकाशित
एजेन्सी । अमेरिका र बेलायतले आफ्ना नागरिकलाई जतिसक्दो चााडो लेबनान छोड्न आग्रह गरेका छन् । ट्राभल एडभाइजरी जारी गर्दै अमेरिका र बेलायतले लेबनानको राजधानी बेरुतमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट निस्कन भनेका हुन् ।
साथै अमेरिकाले असुरक्षा बढेको भन्दै विश्वभर रहेका आफ्ना नागरिकका लागि सुरक्षा सतर्कता जारी गरेको छ । प्यालेस्टाइनी विद्रोही समूह हमास र इजरायलबीच भइरहेको युद्ध तथा हिजबुल्लाहसँग पनि तनाव बढिरहेकाले अमेरिका र बेलायतले लेबनान छोड्न आफ्ना नागरिकलाई भनेका बीबीसीले जनाएको छ । यी दुई देशले आफ्ना नागरिकलाई लेबनानको यात्रा नगर्न पनि चेतावनी दिएका छन् ।
अमेरिकाले हमाससँगको युद्धका क्रममा इजरायलाई साथ दिने जनाएको छ भने हिजबुल्लाहले हमासलाई समर्थन गरेको छ । लेबनानबाट आफ्ना नागरिकको उद्धार गर्न तयारी भएको पनि अमेरिकाले जनाएको छ भने बेलायतले व्यवसायी उडान भइरहेका बेलामा नै लेबनानबाट बाहिरिन भनेको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१How To Play Roulette Step-by-step Guide To Roulette Rule
-
ताजा मंसिर ९, २०८१How To Win At Slots: Top Tips To Boost Your Chance
-
ताजा मंसिर ९, २०८१“Casino Wikipedi
-
ताजा मंसिर ९, २०८१3 Casinos Inside Singapore Entry Fee, Rules 202
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
Comments