
इजरायलबाट मध्यराति नेपाल आइपुगिन् फुटवलर साम्बा
- आश्विन २५, २०८० मा प्रकाशित
काठमाडाैं । व्यावसायिक लिगका लागि इजरायल पुगेकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा बुधबार राति स्वदेश फर्किएकी छन्।गत शनिबार बिहानदेखि प्यालेस्टाइनी विद्रोही समूह हमास हमलाका कारण इजरायल हिंसाग्रस्त भएपछि साम्बा स्वदेश फर्किएकी हुन्।स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा साम्बाले भनिन्, ‘आफ्नो देशमा फर्कन पाउँदा खुसी लागेको छ, इजरायलमा हिंसात्मक स्थिति उत्पन्न भएपछि सबै खेलहरु स्थगित भएका कारण स्वदेश फर्किएको हुँ।’
साम्बाले थपिन्, ‘इजरायलमा यसअघि पनि बर्सेनि यस्तो द्वन्द्व भैरहन्थ्यो, तर यो पटक ठूलो द्वन्द्वको सिर्जना भएको छ। लामो जान्छ होलाजस्तो लागेको छ। यो पटक क्लबले धेरै ठूलो सहयोग गरेको छ, स्थिति केही शान्त भएपछि फेरि इजरायल फर्कने छु। इजरायलको द्वन्द्वमा परी मृत्यु भएका नेपालीका परिवारलाई धैर्य गर्ने शक्ति मिलोस् भनी उनले कामना पनि गरिन्।मंगलबार राति इजरायलबाट प्रस्थान गरेकी साम्बा बैंकक हुँदै बुधबार मध्यराति नेपाल आइपुगेकी हुन्।
साम्बालाई उनको क्लब हापोयल रानानाले नै नेपाल पठाएको हो। इजरायल हिंसाग्रस्त भएपछि साम्बा इजरायलस्थित नेपाली दूतावासमा बसेकी थिइन्।
इजरायल हिसांग्रस्त भएपछि साम्बाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई यसबारेमा जानकारी गराएकी थिइन्। तर एन्फाबाट कुनै पहल नभएपछि उनको क्लबले नै उनलाई नेपाल फर्कन मद्दत गरेको हो। साम्बासहित उनको क्लबमा आबद्ध अन्य देशका खेलाडी पनि स्वदेश फर्किएका छन्।चीनमा भएको १९औं एसियाली खेलकुदमा सहभागी हुन आएकी साम्बा केही साताअघि मात्र इजरायल फर्केकी थिइन्। लिगको पछिल्लो खेलमा साम्बाको निर्णायक गोलमा नै रानाना हारबाट जोगिएको थियो।
साम्बा रहेको क्षेत्र रानानामा आत्तिनुपर्ने कुनै गतिविधि नभए पनि सबै खाले खेल गतिविधि स्थगन भएपछि उनी स्वदेश फर्किएकी हुन्। इजरायल लिगट अल वुमन्स लिग क्लब रानानामा आबद्ध साम्बाले लिगमा ६ गोल गरिसकेकी छन्।लिगका ४ खेलमध्य एकमा जित, २ मा बराबरी र १ मा हार भोगेको रानाना ५ अंकसहित पाँचौँ स्थानमा छ।इजरायल हिंसाग्रस्त हुँदा युनियन अफ युरोपियन फुटबल एसोसियसन (यूईएफए) ले इजरायलका सबै खेल स्थगन गरेको छ।
यूईएफएले एक विज्ञप्ति जारी गर्दै इजरायलको वर्तमान सुरक्षालाई ध्यानमा राख्दै आगामी दुई साताका लागि इजरायलमा निर्धारित सबै खेल स्थगन गर्ने निर्णय गरेको हो।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments