हमासले आक्रमण गरेको संगीत महोत्सवस्थलमा भेटिए २६० शव
- आश्विन २२, २०८० मा प्रकाशित
एजेन्सी । दक्षिणी इजरायलको मरुभूमिको एक संगीत महोत्सवमा हमासले आक्रमण गर्दा कम्तिमा २६० जनाको मृत्यु भएको छ । इजरायली उद्धारकर्मीले संगीत महोत्सव गरिएको स्थानबाट एकै पटक कम्तीमा २६० जनाको शव निकालेका हुन् ।
राज्यको दक्षिणी भागमा रहेको रेइम नजिक आयोजना गरिएको सुपरनोभा फेस्टिभलमा हमास लडाकुले हमला गरेका थिए । त्यहाँ आक्रमणपछि मानिसहरू भागाभाग गरेको भिडिओहरू सार्वजनिक भएका छन् ।
इजरायली उद्धार सेवा ‘जिका’ ले आइतबार त्यहाँ खोजतलास गर्दा ठूलो संख्यामा हताहति भएको पाइएको हो । अझै धेरै शव संकलन गर्न बाँकी रहेको उद्धार टोलीले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१How To Play Roulette Step-by-step Guide To Roulette Rule
-
ताजा मंसिर ९, २०८१How To Win At Slots: Top Tips To Boost Your Chance
-
ताजा मंसिर ९, २०८१“Casino Wikipedi
-
ताजा मंसिर ९, २०८१3 Casinos Inside Singapore Entry Fee, Rules 202
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
Comments